Author: admin
काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्री औपचारिक रुपमा मन्त्रालयबाट रुँदै बिदा भएकी छिन् । आइतबार सिंहदरबारमा मन्त्रालयका कर्मचारीहरुले मन्त्री झाँक्रीलाई विदाई गरेका हुन् । बिदाई कार्यक्रममा निकै भावुक हुनुभएका झाँक्रीले आफूले मन्त्रालयमा रहँदा सहज ढंगले काम गरेको बताइन्। उनले मिडियाबाटै पार्टीले मन्त्रीपरिर्वतन गर्ने जानकारी पाएकाले पनि यसबारे प्रधानमन्त्री शेरबहादुर देउवासंग छलफल गरेको जानकारी दिइन् । पार्टी फिर्ता लिने कुरालाई कार्यान्वयन गर्ने कुरा भएपनि बजेट पारित गर्नका लागि अहिलेसम्म पदमा रहेको उनले बताइन् ।
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफ्नो कार्यकाल सफल भएको दावी गरेका छन्। पदबाट राजीनामा दिएपछि आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आफूले स्वमूल्याङ्कनमा ९० प्रतिशत ल्याएको दावी गरे । आफू प्रक्रिया भन्दा एक्सनमा विश्वास गर्ने राजनीतिक परिपार्टीमा हुर्किएको भन्दै सोही अनुरुप नै काम गरेको उनले बताए । मन्त्री आलेले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थाल निर्माण सम्पन्न हुनु, त्रिभुवन विमानस्थलमा निशुल्क बस सेवा सञ्चालन गरिनु उपलब्धि भएको सुनाए । आफू मन्त्री हुँदा दर्जनौँ दबाब र आर्थिक प्रलोभन आउँदा पनि आफू प्रभावमा नपरेको उनले बताए । उनले पार्टी अध्यक्ष माधवकुमार नेपालसमक्ष आफूले असार १० गते नै राजीनामा बुझाएको जानकारी पनि…
काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पनि पदबाट राजीनामा दिने भएकी छन् । राजीनामाबारे जानकारी दिन केही बेरमै पत्रकार सम्मेलन आयोजना गरिएको छ । विनियोजन विधेयकबारे आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको संसदमा जवाफ दिए लगत्तै झाँक्रीले राजीनामा घोषणा गर्न लागेकी हुन् । आजै पर्यटनमन्त्री प्रेम आलेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा बुझाइसकेका छन् ।
काठमाडौं । पार्टी अध्यक्ष माधव कुमार नेपाललाई राजीनामा पत्र बुझाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पत्रकार सम्मेलन गर्ने भएका छन् । अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएर राष्ट्रियसभामा बजेटमाथिको छलफलमा भाग लिन पुगेका आलेले आज साँझ पत्रकार सम्मेलन गर्ने भएका हुन् । उनले अपराह्न ५ बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्ने भएका हुन् ।
काठमाडौँ- नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेले मन्त्री पदबाट राजीनामा दिएका छन्। ४८ घन्टाभित्र राजीनामा दिने घोषणाअनुसार उनले मन्त्री पदबाट दिएको राजीनामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई बुझाएका हुन्। माधव नेपाल निकट स्रोतका अनुसार मन्त्री आलेले राजीनामा बुझाएका हुन्। उनले आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गर्ने तयारी पनि गरेका छन्। नेकपा एसको मन्त्रिपरिषद् हेरफेरबारे असन्तुष्टि जनाएकामध्ये ६ जनाले आफ्नो हस्ताक्षर फिर्ता लिइसकेका छन्।
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सम्भवतः आज मन्त्रिपरिषद् पुनर्गठन हुने बताएका छन् । आइतबार काठमाडौंमा अखिल नेपाल महिला संघको केन्द्र्रीय कमिटीको बैठकमा उनले छिट्टै पार्टीको निर्णय कार्यान्वयन हुने बताए । “मन्त्रिपरिषद्को पुनर्गठन हुनेछ । छिटोभन्दा छिटो हुनेछ । आशा गरौँ, आजै हुनेछ । हाम्रो पार्टीको निर्णय लागु हुनेछ भन्ने आशा र विश्वास गर्दछु,” उनले भने । उनले पार्टीबाट सरकारमा गएका केही मन्त्रीहरूले दिएको राजीनामा गोजीमा बोकेर हिँडेको समेत सुनाए । अरू मन्त्रीहरूको पनि राजीनामा आउने उनले बताए। “केही मन्त्रीहरूले मलाई राजीनामापत्र दिनुभएको छ । पार्टीले कहिले बाहिर ल्याउने हो त्यो ल्याइयोस् भन्नुभएको छ । त्यो म गोजीमा…
काठमाडौं । गत साता विशेष अदालतले कालिका कन्स्ट्रक्सन जेभीका प्रमुख एवं पूर्ववनमन्त्री विक्रम पाण्डेसहित २१ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ अर्बभन्दा बढी मागदाबी गरेको सो भ्रष्टाचार मुद्दामा आरोप पुष्टि हुन नसकेको भन्दै विशेषले सफाइ दियो। अख्तियारले दर्ता गरेको भ्रष्टाचार मुद्दामा विशेषले सफाइ दिँदै आएको छ। गत वर्षको तथ्यांक हेर्दा अख्तियारले दर्ता गरेकामध्ये ३० प्रतिशत मुद्दामा विशेष अदालतले सफाइ दिने गरेको छ। विशेष अदालतले भ्रष्टाचार मुद्दामा आरोपपत्र दर्ता भएका मुद्दामध्ये गत साता मात्रै ५३ जनालाई सफाइ दिएको छ। आइतबार २१ जना, मंगलबार ७ जना, बिहीबार १४ जना र शुक्रबार ११ जनालाई सफाइ दिएको हो। सफाइ पाउनेमा…
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको नीजि सचिवालयका कर्मचारीमाथि सरुवाका लागि १५ लाखसम्मको ‘बार्गेनिङ’ गरेको आरोप लागेको छ । विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत सरुवाका लागि उनीहरुले १५ लाखसम्म माग गरेको आरोप मन्त्रालयकै कर्मचारीले लगाएका हुन् । मन्त्री सचिवालयका ती कर्मचारीले ‘मन्त्रीज्यूको पार्टीलाई चुनावी खर्च आवश्यक पर्ने’ भन्दै सरुवा माग्न आउनेसँग ‘बार्गेनिङ’ गर्ने गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार देशभरका अधिकांश स्थानीय तहले गत १० असारसम्म नीति कार्यक्रम र बजेट ल्याइसकेका छन् । यसलगत्तै संघीय मामिला तथा सामान्य प्रशासनले स्थानीय तहमा ठूलो संख्यामा प्रमुख प्रशासकीय अधिकृत हेरफेर गृहकार्य थालेको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित…
काठमाडौं । नेकपा एकीकृत समाजवादीले तत्काल नयाँ मन्त्रीहरूलाई शपथग्रहण गराउन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेको छ । शनिबार बसेको एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले आफ्नो पार्टीले सिफारिस गरेका मन्त्रीहरूलाई शपथ गराउन प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने निर्णय गरेको हो । बैठकले मन्त्रीहरू हेरफेरको निर्णय कार्यान्वयन गर्न अब प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नपर्खने निष्कर्ष निकालेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए । मन्त्री हेरफेरको निर्णय तत्काल कार्यान्वयन नगरे पार्टीले त्यसलाई अपमान सम्झने उनले बताए । ‘आजसम्म जति प्रधानमन्त्री र प्रचण्डलाई पर्खियौँ, अब यहाँहरुलाई पर्खिने छैनौँ । तत्काल हाम्रा कामहरू पूरा गर्नुहोस्, नयाँ मन्त्रीहरूलाई शपथग्रहण गराउन लाग्नुहोस् ।…
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो शक्तिलाई राम्रोसँग परिचालन गर्न नसेकेको कारण स्थानीय तहमा अपेक्षित परिणाम प्राप्त गर्न नसकेको बताएका छन् । शनिबार पार्टीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष नेपालले गठबन्धनप्रति आफूहरुको धेरै गुनासो रहेपनि आफ्नै कारणले अपेक्षित परिणाम प्राप्त गर्न नसकेको बताएका हुन् । उनले आगामी निर्वाचनमा समेत गठबन्धन दलले यसअघिका कमजोरी हटाएर मिलेरै जाऔ भनेकाले कमजोरीहरु दोहरिन नदिन आफै सचेत हुनुपर्ने धारणा राखे । अहिलेको अवस्थामा गठबन्धन दलसँग तालमेल गरेर पार्टीको पक्ष जनमत बनाउन लागि पर्नुपर्ने आवश्यक्ता देखिएको उनको भनाइ छ । २७/२८ प्रतिशत ठाउँमा मात्र उम्मेद्वारी दिँदा पनि ९ लाखभन्दा पनि…