काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्री औपचारिक रुपमा मन्त्रालयबाट रुँदै बिदा भएकी छिन् ।
आइतबार सिंहदरबारमा मन्त्रालयका कर्मचारीहरुले मन्त्री झाँक्रीलाई विदाई गरेका हुन् ।
बिदाई कार्यक्रममा निकै भावुक हुनुभएका झाँक्रीले आफूले मन्त्रालयमा रहँदा सहज ढंगले काम गरेको बताइन्।
उनले मिडियाबाटै पार्टीले मन्त्रीपरिर्वतन गर्ने जानकारी पाएकाले पनि यसबारे प्रधानमन्त्री शेरबहादुर देउवासंग छलफल गरेको जानकारी दिइन् ।
पार्टी फिर्ता लिने कुरालाई कार्यान्वयन गर्ने कुरा भएपनि बजेट पारित गर्नका लागि अहिलेसम्म पदमा रहेको उनले बताइन् ।
Facebook Comments Box