काठमाडौँ- नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेले मन्त्री पदबाट राजीनामा दिएका छन्।
४८ घन्टाभित्र राजीनामा दिने घोषणाअनुसार उनले मन्त्री पदबाट दिएको राजीनामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई बुझाएका हुन्।
माधव नेपाल निकट स्रोतका अनुसार मन्त्री आलेले राजीनामा बुझाएका हुन्।
उनले आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गर्ने तयारी पनि गरेका छन्।
नेकपा एसको मन्त्रिपरिषद् हेरफेरबारे असन्तुष्टि जनाएकामध्ये ६ जनाले आफ्नो हस्ताक्षर फिर्ता लिइसकेका छन्।
Facebook Comments Box