काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफ्नो कार्यकाल सफल भएको दावी गरेका छन्।
पदबाट राजीनामा दिएपछि आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आफूले स्वमूल्याङ्कनमा ९० प्रतिशत ल्याएको दावी गरे ।
आफू प्रक्रिया भन्दा एक्सनमा विश्वास गर्ने राजनीतिक परिपार्टीमा हुर्किएको भन्दै सोही अनुरुप नै काम गरेको उनले बताए ।
मन्त्री आलेले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थाल निर्माण सम्पन्न हुनु, त्रिभुवन विमानस्थलमा निशुल्क बस सेवा सञ्चालन गरिनु उपलब्धि भएको सुनाए ।
आफू मन्त्री हुँदा दर्जनौँ दबाब र आर्थिक प्रलोभन आउँदा पनि आफू प्रभावमा नपरेको उनले बताए ।
उनले पार्टी अध्यक्ष माधवकुमार नेपालसमक्ष आफूले असार १० गते नै राजीनामा बुझाएको जानकारी पनि दिए ।
Facebook Comments Box