Author: admin

काठमाडौं । कानुन न्याय तथा संसदीय मामीला मन्त्री गोविन्दप्रसाद शर्माले हदम्यादका कारण न्याय पाउनबाट बञ्चित हुन नपरोस् भन्नेमा सरकार गम्भीर रहेको बताएका छन् । संसदमा बोल्दै कानुनमन्त्री शर्माले हदम्यादका कारण  न्याय पाउनबाट बञ्चित हुन नपरोस् भन्ने भावनामा सरकार गम्भीर रहेको बताएका हुन् ।उनले भने, ‘समाजले आवश्यकता देख्यो भने कानुन परिवर्तन हुन्छ। हदम्याद पनि निरन्तर परिवर्तन हुँदै आएको छ। अपराधको गम्भीरताअनुसार सजाय गर्नुपर्ने आवाज उठ्छ । हदम्यादका कारण न्याय पाउनबाट बञ्चित हुन नपरोस् भन्ने भावनामा सरकार गम्भीर छ ।’ उनले सरकारले यो विषयलाई संवेदनसिल रुपमा लिएको बताए । शर्माले भने,’ कानुन आयोगलाई यो विषयमा अध्ययन गर्न भनिएको छ । हदम्याद कति हदसम्म…

Read More

काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेका चारजना नेताहरू मन्त्री पदबाट विदा भएका छन्। पहिलो पटक शेरबहादुर देउवा नेतृत्वको सरकारका एकीकृत समाजवादीबाट बनेका चार मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक नै नगरी बाहिरिएका हुन्। मन्त्री नियुक्त भए लगत्तै सम्पती विवरण सार्वजनिक गर्ने परम्परा तोड्दै देउवा सरकारका चार मन्त्री आफ्नो जिम्मेवारीबाट बाहिरिए। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सम्पत्ति विवरण नै सार्वजनिक नगरी बाहिरिएका हुन्। यसअघि सरकारका सबै मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्दै आए पनि प्रधानमन्त्री देउवाले पटकपटक मन्त्रिमण्डल हेरफेर गर्दा पनि सम्पत्ति विवरण सार्वजनिक नगरेर…

Read More

काठमाडौं । नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भू-भागहरूमा आंशिक बदली भई प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको केहि स्थानहरूमा वर्षा भइरहेको छ । सोमबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यता मंगलबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूरण बदली…

Read More

काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) सचिवालय बैठकले आफ्नो पार्टीका तर्फबाट सरकारमा गएका मन्त्री फेर्ने निर्णय गरेपछि विवाद उत्पन्न भएको छ। नेकपा एसबाट सरकारमा मन्त्री बनेका केही नेताले आफूहरूले पद नछाड्ने बताएपछि पार्टीमा विवाद उत्पन्न भएको हो । नेकपा एसबाट मन्त्री बनेका विरोध खतिवडा, प्रेम आले, किसान श्रेष्ठले आफूहरू सो पदबाट नहट्ने बताएका छन्। उनीहरूले आफूहरूले राम्रो काम गरेको दाबी गर्दै तत्कालै मन्त्रीबाट हट्नुपर्ने कारण नभएको बताएका छन्।   नेकपा एसको आइतबार बसेको सचिवालय बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले यो निर्णयलाई अन्यथा नलिईकन अन्य साथीलाई पनि सरकारमा पालो दिनुपर्ने बताएका थिए । मन्त्री खतिवडाले भने अहिले नै मन्त्रीबाट हट्नुपर्ने कारण…

Read More

नेकपा एकीकृत समाजवादीले सरकारमा पठाउन लागेका नयाँ मन्त्रीमा गैर सांसद पनि पर्ने भएका छन्। समाजवादीले गएको फागुनमा राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिएका शेरबहादुर कुँवरलाई मन्त्री बनाएर पठाउन लागेको हो। यसअघि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालकै कोटाबाट गैर सांसद गोविन्द बन्दी कानून मन्त्री बनिसकेका छन्। नेपालको संविधानले संसद सदस्य नभएका व्यक्तिले पनि ६ महिनासम्म मन्त्री बन्न पाउने व्यवस्था गरेको छ। उक्त अवधिमा संसद सदस्य नबने स्वतः पदमुक्त हुने व्यवस्था छ।

Read More

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नयाँ मन्त्रीहरूको नाम सिफारिस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेताहरु विजय पौडेल र प्रमेश हमालले देउवालाई नामावली बुझाएका हुन् ।  पौडेलका अनुसार मेटमणि चौधरीलाई शहरी विकासमन्त्री, जीवनराम श्रेष्ठलाई पर्यटन, शेरबहादुर कुँवरलाई श्रममन्त्री बनाउने गरी सिफारिस भएको छ ।   यस्तै स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसीलाई पठाइने भएको छ । यसअघि राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिनेगरी पार्टीले सिफारिस गरेको पौडेलले बताए । यसअघि एकीकृत समाजवादीबाट प्रेम आले पर्यटनमन्त्री, किसन श्रेष्ठ श्रम तथा रामकुमारी झाँक्री सहरी विकासमन्त्री रहेकी थिइन् भने विरोध खतिवडा स्वास्थ्य मन्त्री थिए । उनीहरुलाई फिर्ता बोलाएर…

Read More

झापा । बिर्तामोड नगरपालिका क्षेत्रमा आइतवार सार्वजनिक विदा नहुने भएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आइतबार बसेको कार्यपालिका बैठकले आगामी असार १ गतेदेखि लागू हुने गरी २०७९ जेठ १ गते भन्दा अघि वमोजिम नै विदा र समयलाई निरन्तरता दिने निर्णय गरेको हो । स्थानीय नगरवासी,विद्यालय र विद्यार्थीको मागसमेतलाई ध्यानमा राखी उक्त निर्णय गरिएको नगरपालिका कार्यालयले जनाएको छ । सरकारले यस अघि शनिबार र आइतबार २ दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो । आइतबार बसेको कार्यपालिका बैठकले वडा नम्बर ३ बिर्ताबजारमा बिर्ताबजार कृषि तथा सामुदायिक भवन जेठ २७ गतेबाट निर्माण प्रारम्भ हुने भएकोले त्यस स्थानमा रहेका व्यापारी, व्यवसायीहरुलाई भवन निर्माण नहुँदासम्मका…

Read More

काठमाडौं । पार्टीबाट मन्त्री भएकाहरूलाई सुटुक्क बोलाएर नयाँ मन्त्री पठाउने नेकपा एकीकृत समाजवादी पार्टीको योजना छताछुल्ल भएको छ। उक्त योजना पार्टीकै सम्मानित नेता झलनाथ खनालबाट बाहिरिएपछि पार्टीभित्र ठूलै लफडा हुने संकेत देखिएको पार्टीका उपमहासचिव गंगालाल तुलाधरले बताए। मन्त्री भएकाहरूलाई फिर्ता बोलाउने योजना बाहिरिएपछि पार्टी कार्यालयमा तनाव हुने त्रास देखिएको नेताहरूले बताएका छन्। नेकपा एकीकृत समाजवादी पार्टीले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय भए लगतै पर्यटनमन्त्री प्रेम आले र स्वास्थ्य मन्त्री विरोध खतिवडा पार्टी कार्यालय तीनकुने पुगेका छन् ।   एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्रीलाई २४ घण्टाभित्रै फिर्ता बोलाउने निर्णय गरे लगतै आले र खतिवडा आफ्नो रोक्न पार्टी कार्यालय पुगेका हुन…

Read More

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरेफेर गर्ने तयारी गरेको छ । आइतबार पार्टी कार्यालय तीनकुनेमा बसेको समाजवादीको सचिवालय बैठकमा सरकारमा पार्टीबाट मन्त्रीहरुको हेरफेरका बारेमा छलफल भएको र यसको अधिकार पार्टी अध्यक्ष माधव कुमार नेपाललाई रहेको उपमहासचिव गंगालाल तुलाधारले जानकारी दिए । उनले ६ महिनाका लागि सरकारमा पठाएकाले मन्त्री हेरफेर गर्ने बिषयमा छलफल भएको बताए । पार्टीबाट मन्त्री भएकाहरु र शीर्ष नेताहरुबीच छलफल हुने र आवश्यक निष्कर्षमा पुगिने उनको भनाइ छ । उपमहासचिव तुलाधरले मन्त्री फेरबदल गर्ने निर्णय सवैले मान्नुपर्ने समेत बताए । त्यस्तै उनले बाम एकता राम्रै कुरा भएको भए पनि इमान्दारी नभए राम्रो नहुने पुष्टि भइसकेको…

Read More

काठमाडाैँ। काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेबीच भेटवार्ता भएकाे छ। दुवैबीच आज बिहान भेटघाट भएकाे हाे। भेटवार्ताकाे क्रममा दुवैबीच फोहोरमैलाको व्यवस्थापन, सुशासन, सेवा प्रवाह र सम्पदा संरक्षणको क्षेत्रमा आगामी दिनमा बागमती प्रदेश सरकार र महानगरपालिकाले परिणाममुखी सहकार्य गर्ने विषयमा छलफल भएको छ। मेयर बालेन पछिल्लाे पटक भेटघाटमा सक्रिय छन्। उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीसँग भेटवार्ता गरिसकेका छन्।

Read More