काठमाडौं । पार्टीबाट मन्त्री भएकाहरूलाई सुटुक्क बोलाएर नयाँ मन्त्री पठाउने नेकपा एकीकृत समाजवादी पार्टीको योजना छताछुल्ल भएको छ।
उक्त योजना पार्टीकै सम्मानित नेता झलनाथ खनालबाट बाहिरिएपछि पार्टीभित्र ठूलै लफडा हुने संकेत देखिएको पार्टीका उपमहासचिव गंगालाल तुलाधरले बताए।
मन्त्री भएकाहरूलाई फिर्ता बोलाउने योजना बाहिरिएपछि पार्टी कार्यालयमा तनाव हुने त्रास देखिएको नेताहरूले बताएका छन्।
नेकपा एकीकृत समाजवादी पार्टीले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय भए लगतै पर्यटनमन्त्री प्रेम आले र स्वास्थ्य मन्त्री विरोध खतिवडा पार्टी कार्यालय तीनकुने पुगेका छन् ।
एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्रीलाई २४ घण्टाभित्रै फिर्ता बोलाउने निर्णय गरे लगतै आले र खतिवडा आफ्नो रोक्न पार्टी कार्यालय पुगेका हुन ।
आफ्नो राजीनामा रोक्न आले र खतिवडा अध्यक्ष माधवकुमार नेपाललाई भेट्न पार्टी कार्यालय पुगेका हुन् ।