नेकपा एकीकृत समाजवादीले सरकारमा पठाउन लागेका नयाँ मन्त्रीमा गैर सांसद पनि पर्ने भएका छन्।
समाजवादीले गएको फागुनमा राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिएका शेरबहादुर कुँवरलाई मन्त्री बनाएर पठाउन लागेको हो।
यसअघि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालकै कोटाबाट गैर सांसद गोविन्द बन्दी कानून मन्त्री बनिसकेका छन्।
नेपालको संविधानले संसद सदस्य नभएका व्यक्तिले पनि ६ महिनासम्म मन्त्री बन्न पाउने व्यवस्था गरेको छ। उक्त अवधिमा संसद सदस्य नबने स्वतः पदमुक्त हुने व्यवस्था छ।
Facebook Comments Box