काठमाडौं । कानुन न्याय तथा संसदीय मामीला मन्त्री गोविन्दप्रसाद शर्माले हदम्यादका कारण न्याय पाउनबाट बञ्चित हुन नपरोस् भन्नेमा सरकार गम्भीर रहेको बताएका छन् ।
संसदमा बोल्दै कानुनमन्त्री शर्माले हदम्यादका कारण न्याय पाउनबाट बञ्चित हुन नपरोस् भन्ने भावनामा सरकार गम्भीर रहेको बताएका हुन् ।उनले भने, ‘समाजले आवश्यकता देख्यो भने कानुन परिवर्तन हुन्छ। हदम्याद पनि निरन्तर परिवर्तन हुँदै आएको छ। अपराधको गम्भीरताअनुसार सजाय गर्नुपर्ने आवाज उठ्छ । हदम्यादका कारण न्याय पाउनबाट बञ्चित हुन नपरोस् भन्ने भावनामा सरकार गम्भीर छ ।’
उनले सरकारले यो विषयलाई संवेदनसिल रुपमा लिएको बताए । शर्माले भने,’ कानुन आयोगलाई यो विषयमा अध्ययन गर्न भनिएको छ । हदम्याद कति हदसम्म बढाउने/घटाउने विषयमा प्रतिवेदन दिन भनेका छौं ।’
Facebook Comments Box