Author: admin
काठमाडौं । निवर्तमान गृहमन्त्री रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका छन् । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनःप्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार लामिछानेको सांसद पद खारेज गरेको थियो । जसले उनको उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि गुमेको छ।
काठमाडौं । रवि लामिछाने नागरिकता लिन आज आइतबार जिल्ला प्रशासन कार्यालय जाने भएका छन् । उनले स्थानीय प्रशासनबाट सिफारिस लिएर जिल्ला प्रशासन कार्यालय काठमाडौंमा गएर नागरिकता लिन जाने तयारी गरेका पारिवारिक स्रोतले जनाएको छ । सर्वोच्चको फैसलाको पूर्ण पाठ आइनसके पनि नागरिकता दिन फरक नपर्ने भएकाले रविलाई नागरिकता दिन लागिएको एक अधिकारीले बताएका छन् ।
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको सर्भर डाउन हुँदा १ घण्टा भन्दा बढी समयदेखि विमान उडान र अवतरण बन्द भएको छ । अहिले त्रिभुवन विमानस्थलबाट उड्नुपर्ने जहाज र यहाँ अवतरण हुने जहाज दुवै रोकिएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको हाे । आन्तरिक र अन्तर्राष्ट्रिय उडानका यात्रुहरु विमानस्थलमा नै अलपत्र परेका छन् । गृह मन्त्रालयमातहतको अध्यागमनको सर्भरले काम नगर्दा आवागमन र प्रस्थानतर्फ भिसा र पासपोर्टको डिजिटल अध्ययन हुन नसेकेको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए । सर्भर बिग्रिएपछि दुबईको फ्लाई दुबई, कोलकाता जान लागेको एयर इन्डिया, बैंकक जान लागेको थाई स्माइल र दिल्ली जान लागेको नेपाल वायुसेवा निगमका बैंग्लोर…
काठमाडौँ । नेपाली सेनाले सङ्गठन स्थापनाको २६० औँ वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाउन लागेको छ । सेना दिवसका अवसरमा यस वर्ष सैनिक मञ्च टुँडिखेलमा विशिष्ट पाहुनाको उपस्थितिमा विविध सैनिक रण कौशलका अतिरिक्त एकैसाथ पाँच सय ५५ को सङ्ख्यामा मादल बजाएर सेनाले नयाँ कीर्तिमानी रेकर्ड कायम गर्ने तयारी गरेको छ । सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार, सङ्गठन स्थापना दिवसका अवसरमा नयाँ कीर्तिमान कायम गर्ने कार्यक्रम रोचक, सभ्य र भव्य तुल्याउन आवश्यक तयारी सुरु भइसकेको छ । नेपाली मौलिक परम्परागत कला एवं संस्कृतिको संरक्षण, प्रचारप्रसार र प्रवद्र्धनमा योगदान पुर्याउने हेतुले सेनाले यो कार्यक्रम गर्न लागेको हो । सैनिक सङ्गठनमा गीत, सङ्गीत र…
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा तालिका सार्वजनिक गरेको छ। बोर्डको निर्णय अनुसार एसईई चैत १७ गते देखि चैत २९ गतेसम्म हुने भएको छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ। तालिका अनुसार चैत १७ गते शुक्रबार पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ। सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ।
काठमाडौं । रवि लामिछानेले आफू अहिले अनागरिक रहेको बताएका छन् । गृहमन्त्रालयबाट बाहिरिने क्रममा लामिछानेले आफूले सर्वोच्च अदालतको आदेशको स्वागत गर्ने पनि बताए । “सर्वोच्च अदालतको आदेशको स्वागत गर्छु । मसँग अहिले कुनै जवाफ छैन । म कुनै देशको नागरिक रहिन । मसँग कुनै जवाफ छैन,” उनले भने ।लामिछानेले सर्वो्च्च अदालतको फैसलको स्वागत र पालना गर्ने बताएका छन् । सर्वोच्च अदालतले नागरिकता अवैध रहेको फैसला गरेपछि सञ्चारकर्मीहरुसँग प्रतिकृया दिँदै उनले अदालतको फैसलाको स्वागत गर्ने र स्वीकार गर्ने बताए ।
काठमाडौं। रवि लामिछाने सांसद पद खारेज भएको छ। लामिछानेविरुद्ध दायर भएको रिट जारी गर्दै सर्वोच्च अदालतले उनको सांसद पद खारेज हुने फैसला सुनाएको हो। यससँगै उनको उपप्रधान तथा गृहमन्त्री पदसमेत स्वतः खारेज भएको छ।लामिछानेले नेपाली नागरिक नै नभई उम्मेदवार भएर संघीय सांसद बनेकोमा उनको सो पद निलम्बन गर्नुपर्ने माग राख्दै रिद दायर भएको थियो। सर्वोच्चका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा सम्मिलित संवैधानिक इजलासले उक्त रिटको फैसला गर्दै सांसद पद खारेज हुने फैसला शुक्रबार सुनाएको हो।अधिवक्ता रविराज बसौला र युवराज पौडेलले लामिछानेले अमेरिकी नागरिकता लिएपछि कायम नरहेको नेपाली नागरिकतालाई स्वघोषणा गरी…
झापा । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । उनको मन्त्री पद पनि खारेज भएको छ । उम्मेदवारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको अमेरिकी नागरिकता परित्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेकाले उनको उम्मेदवारी र निर्वाचित गर्ने निर्णय खारेज गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानले चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
काठमाडौं । नेपाल प्रहरीले इसेवाको कर्मचारी भएको भन्दै १६ लाख भन्दा बढी ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इसेवाको आधिकारीक कर्मचारी हुँ भन्दै ठगी गर्ने रौतहटका शुभम साहलाई पक्राउ गरि सार्वजनिक गरेको हो । उनले इसेवा आइडि बैंक खातामा लिङ्क गराइने, आइडी नविकरण गर्ने, केवाइसी फर्म अपडेट लगायतका बहानामा सेवाग्राहीको अकाउन्टमा अनाधिकृत पहुँच पुर्याइ १६ लाख १३ हजार ठगी गरेको अपराध अनुसन्धान कार्यालयलाई सूचना अधिकृत प्रहरी उपरिक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । आफूलाई ठगी गरेको भन्दै ३० भन्दा बढी सेवाग्राहीले उजुरी गरेपछि अनुसन्धान गर्दा साहलाई पक्राउ गरिएको कोइरालाले…
काठमाडौं । उपप्रधान एवं ऊर्जा जलश्रोत तथा सिंचाई मन्त्री राजेन्द्रप्रसाद लिङ्देन र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटवीच भेटवार्ता भएको छ । ऊर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयमा आज शुक्रवार भएको भेटमा उहाहरूबीच आपसी हित र चासोका विविध विषयमा छलफल भएको थियो । बेलायत नेपालको सबैभन्दा भरपर्दे विकास साझेदार रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री लिङ्देनले बेलायतले सङ्कट र प्रकोपको समयमा महत्त्वपूर्ण सहयोग गरेको स्मरण गरे। त्यस अवसरमा राजदूत पोलिटले नेपालको ऊर्जा खपतमा सहयोग गर्न बेलायत सरकार इच्छुक रहेको उल्लेख गर्दै त्यसका लागि ऊर्जा मन्त्रालयका निकायसँगको सहकार्यलाई अझै विस्तार गर्ने बताइन् । नवीकरणीय ऊर्जा उत्पादन तथा विद्युत व्यापारमा पनि सहजीकरण गर्न बेलायत सरकार…