काठमाडौं । रवि लामिछानेले आफू अहिले अनागरिक रहेको बताएका छन् । गृहमन्त्रालयबाट बाहिरिने क्रममा लामिछानेले आफूले सर्वोच्च अदालतको आदेशको स्वागत गर्ने पनि बताए ।
“सर्वोच्च अदालतको आदेशको स्वागत गर्छु । मसँग अहिले कुनै जवाफ छैन । म कुनै देशको नागरिक रहिन । मसँग कुनै जवाफ छैन,” उनले भने ।
लामिछानेले सर्वो्च्च अदालतको फैसलको स्वागत र पालना गर्ने बताएका छन् । सर्वोच्च अदालतले नागरिकता अवैध रहेको फैसला गरेपछि सञ्चारकर्मीहरुसँग प्रतिकृया दिँदै उनले अदालतको फैसलाको स्वागत गर्ने र स्वीकार गर्ने बताए ।
Facebook Comments Box