Author: admin
काठमाडौं। मन्त्री फिर्ता बोलाउने सम्बन्धमा पार्टीको निर्णयलाई अपरिपक्व र अनुचित भन्दै विद्रोहको प्रयास गरेका एकीकृत समाजवादीका दश सांसदमध्ये ६ जनाले हस्ताक्षर फिर्ता लिएका छन्। सरकारमा रहेका चार मन्त्रीसहित १० सांसदले हस्ताक्षरसहित पार्टी अध्यक्षलाई विहीवार ध्यानाकर्षण पत्र बुझाएका थिए। तर शुक्रबार पार्टीको पोलिट्ब्यूरो बैठकपछि अवस्था केही फेरियो। जसले गर्दा पर्यटनमन्त्री प्रेम आलेसहित ६ जनाले भने हस्ताक्षर फिर्ता गरेका हुन्। हस्ताक्षर फिर्ता गर्नेमा आलेसहित सांसदहरु पुष्पा कर्ण, कृष्णलाल महर्जन, गोपाल बम, विनाकुमारी बुढाथोकी र धनबहादुर बुढा रहेका छन्। तर शहरी विकास मन्त्री रामकुमारी झाँक्री, स्वास्थ्यमन्त्री विरोध खतिवडा, श्रममन्त्री किसान श्रेष्ठ र सांसद निरुदेवी जैरुले भने अहिलेसम्म हस्ताक्षर फिर्ता लिएका छैनन्। यद्यपी शुक्रबारको…
काठमाडौं । सरकारले डिजेलमा २८ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ मूल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा नेपालमा निरन्तर बढिरहेको पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकार सहमत भएको हो। घटेको मूल्य आज राति १२ बजेदेखि लागू हुने जनाइएको छ । हिजो उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आइरहेको कर ५० प्रतिशतले घटाउन निर्देशन दिएको थियो । सत्ता गठबन्धनको आज शनिवार बिहान बसेको बैठकले पनि पेट्रोलियम पदार्थमा लिइँदै आएको करमा छुट दिन सरकारलाई निर्देशन दिएको थियो ।
झापा । छिमेकी देश भारतको दार्जीलिङसंग सीमा जोडिएका नेपालका नाका सिल गरिएको छ। दार्जीलिङमा गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसनको चुनावका कारण नेपालका नाका सिल गर्नुपरेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ। दार्जीलिङमा आइतबार चुनाव हुँदैछ। शुक्रबार बिहानदेखि ७२ घण्टाका लागि नाका सिल गरिएको हो। पश्चिम बङ्गालसँग सीमा जोडिएको इलामको पशुपतिनगर र झापाको काँकरभिट्टा नाका सिल गरिएको हो। सिल गरिएको नाका आइतबार राति १२ बजे खोलिनेछ।
बारा । जिल्ला प्रहरी कार्यालय बाराले हत्याको आरोपमा एक नाबालकसहित १२ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमध्ये ११ जनालाई वीरगञ्ज कारागार पठाइएको छ भने एक नाबालकलाई बाल सुधारगृह, भक्तपुर पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–६ नगौलका राकेशभक्त पौडेललाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–६ नगौलका ५० वर्षीय चित्रबहादुर क्षेत्री, ५० वर्षीया दुर्गा खत्री, ५० वर्षीय सन्ते बछार, २६ वर्षीय सन्दीप थापा, २४ वर्षीय सुमन लामा र २६ वर्षीय सुदीप घिमिरे छन । यसैगरी पक्राउ पर्ने अन्यमा जीतपुरसिमरा–२ फूलबारी टोलका ४२ वर्षीय खगेन्द्र रिजाल, सम्झौता टोलका…
झापा । पूर्वी तराईको जिल्ला झापाका पालिकाहरूले शुक्रबार रातिसम्ममा आर्थिक बर्ष २०७९/८० का लागि बजेट सार्वजनिक गरेका छन्। नगर तथा गाउँसभामा झापाका पालिकाहरूले आगामी आर्थिक बर्षका लागि अनुमानित आय/व्यय सार्वजनिक गरेका हुन्। झापाको मेचीनगरपालिकाले १ अर्ब ३२ करोड ३३ लाख ४ सय १६ रूपैयाँ बराबरको बजेट शुक्रबार सार्वजनिक गरेको छ। त्यस्तै अर्जुनधारा नगरपालिकाले ७४ करोड १५ लाख ३ हजार २ सय ३० रूपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गर्यो। भद्रपुर नगरपालिकाले बिहीबार नै ९१ करोड ३४ लाख २३ हजार रूपैयाँ सार्वजनिक गरिसकेको छ। विर्तामोड नगरपालिका १ अर्ब ३८ करोड ३५ लाख ४६ हजार ४ सय ९० रूपैयाँ बराबरको बजेट सार्वजनिक गरेको…
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध प्रतिनिधि सभामा सूचना पेस भएको पनि तीन महिनाभन्दा बढी भइसकेको छ । महाभियोग सिफारिस समिति गठन भइसके पनि प्रस्तावको सैद्धान्तिक छलफल र समितिमा पठाउने प्रक्रिया प्रारम्भ नै भएको छैन । प्रस्तावक दलहरूले प्रस्ताव अघि बढाउन कुनै कार्यसूची पनि बनाएका छैनन् । प्रक्रिया अघि बढाउने मागलाई प्रतिपक्षी दलले औपचारिकता पूरा गरे पनि सशक्त रूपमा उठाउन सकेको छैन। महाभियोगको संसदीय विशेषाधिकारले प्रधानन्यायाधीश जबराको कार्यसम्पादन चाहिँ रोकिएको छ। सत्ता गठबन्धनमा आबद्ध दलका ९८ सांसदको हस्ताक्षरमा २०७८ फागुन १ गते प्रस्तावको सूचना सचिवालयमा दिइएको थियो। फागुन २९ गते प्रतिनिधि सभामा पेस भएको थियो। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले कार्यव्यवस्था परामर्श…
झापा । झापाको बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि १ अर्ब ३८ करोड ३५ लाख ४ हजार ४ सय ९० सामाजिक सुरक्षाको बजेट समेतको बजेट प्रस्तुत गरेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा शुक्रवार नगरपालिकाको हलमा आयोजित दोश्रो नगरसभाको पहिलो अधिवेशनमा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले उक्त वजेट प्रस्ताव गरेका हुन् । बजेटमा आयतर्फ संघीय समानीकरण अनुदानबाट २३ करोड ६० लाख, संघीय सरकार राजश्व बाडफाँड बाट १३ करोड ४३ लाख ९८ हजार, प्रदेश समानीकरण अनुदान बाट १ करोड ३३ लाख ७२ हजार, प्रदेश राजश्व बाँडफाँड बाट १ करोड १७ लाख ११ हजार ४ सय ९०,यसै गरि यस…
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) काअध्यक्ष माधवकुमार नेपालले देशभक्ति, राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानका विषयमा बोल्न प्रत्येक नागरिकलाई आह्वान गरेका छन् । पार्टीपोलिट ब्यूरोको दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले देशभक्ति,स्वाभिमान र राष्ट्रिय स्वतन्त्रताका सन्दर्भमा नागरिकहरु चनाखो हुनुपर्ने बताएका हुन् । अध्यक्ष नेपालले इन्डो प्यासिफिक रणनीति(आइपीएस), स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) र एमसीसी एमाले नेताहरुको योजनामा आएको बताउँदै एमसिसी पारित गर्दा आफूहरुले १२ बुँदे व्याख्यात्मक टिप्पणीलाई सम्झौताको अभिन्न अंग बनाउन बाध्य पारेर देशलाई विदेशी सामु समर्पण गर्ने अवस्थावाट जोगाएको बताए । संविधानलाई कुल्चिने,दक्षिणपन्थी र विदेशीहरुसँग साँठगाँठ गर्ने ओलीको अभिमानलाई आफूहरूले नै रोकेको भन्दैै आफूहरुकै दबावमा चुच्चे नक्सा प्रकाशन भएको उनको दाबी थियो…
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले भोलि (शनिबार) सम्म मन्त्री फेरिने बताएका छन्। पार्टी कार्यालय आलोकनगरमा जारी पोलिटब्युरो बैठकबाट बाहिरिने क्रममा उनले यस्तो बताएका हुन्। ‘यसमा बारेमा पार्टीले पहिले नै निर्णय गरिसकेको छ। हामीले मन्त्रीहरुलाई समय थोरै छ ६ महिनाका लागि सरकारमा जानुस् भनेकै हो’, उनले भने, ‘६ महिनापछि परिवर्तन गर्छौँ भनेको हो। अहिले हामीलाई थाहै थिएन भन्ने किसिमको कुरा आएको छ, त्यो कच्चा कुरा हो।’
झापा । नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्की तथा प्रदेश १ का पूर्व आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीको घरमा राखिएको शंकास्पद बस्तु ‘होक्स’ रहेको पाइएको छ। झापाको गौरादह नगरपालिका ३ मा रहेको कार्की परिवारको घरमा कुकर बम जस्तो देखिने शंकास्पद बस्तु शुक्रबार बिहान भेटिएको थियो। घरको मूल गेट नजिक त्यस्तो बस्तु भेटिएपछि सुरक्षा निकायलाई खबर गरिएको थियो। नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गर्दा प्रेसर कुकरमा तार मात्र जोडिएको पाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।