काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले भोलि (शनिबार) सम्म मन्त्री फेरिने बताएका छन्।
पार्टी कार्यालय आलोकनगरमा जारी पोलिटब्युरो बैठकबाट बाहिरिने क्रममा उनले यस्तो बताएका हुन्।
‘यसमा बारेमा पार्टीले पहिले नै निर्णय गरिसकेको छ। हामीले मन्त्रीहरुलाई समय थोरै छ ६ महिनाका लागि सरकारमा जानुस् भनेकै हो’, उनले भने, ‘६ महिनापछि परिवर्तन गर्छौँ भनेको हो। अहिले हामीलाई थाहै थिएन भन्ने किसिमको कुरा आएको छ, त्यो कच्चा कुरा हो।’
Facebook Comments Box