काठमाडौं । नेकपा (एकीकृत समाजवादी) काअध्यक्ष माधवकुमार नेपालले देशभक्ति, राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानका विषयमा बोल्न प्रत्येक नागरिकलाई आह्वान गरेका छन् ।
पार्टीपोलिट ब्यूरोको दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले देशभक्ति,स्वाभिमान र राष्ट्रिय स्वतन्त्रताका सन्दर्भमा नागरिकहरु चनाखो हुनुपर्ने बताएका हुन् ।
अध्यक्ष नेपालले इन्डो प्यासिफिक रणनीति(आइपीएस), स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) र एमसीसी एमाले नेताहरुको योजनामा आएको बताउँदै एमसिसी पारित गर्दा आफूहरुले १२ बुँदे व्याख्यात्मक टिप्पणीलाई सम्झौताको अभिन्न अंग बनाउन बाध्य पारेर देशलाई विदेशी सामु समर्पण गर्ने अवस्थावाट जोगाएको बताए ।
संविधानलाई कुल्चिने,दक्षिणपन्थी र विदेशीहरुसँग साँठगाँठ गर्ने ओलीको अभिमानलाई आफूहरूले नै रोकेको भन्दैै आफूहरुकै दबावमा चुच्चे नक्सा प्रकाशन भएको उनको दाबी थियो ।