झापा । नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्की तथा प्रदेश १ का पूर्व आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीको घरमा राखिएको शंकास्पद बस्तु ‘होक्स’ रहेको पाइएको छ।
झापाको गौरादह नगरपालिका ३ मा रहेको कार्की परिवारको घरमा कुकर बम जस्तो देखिने शंकास्पद बस्तु शुक्रबार बिहान भेटिएको थियो।
घरको मूल गेट नजिक त्यस्तो बस्तु भेटिएपछि सुरक्षा निकायलाई खबर गरिएको थियो।
नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गर्दा प्रेसर कुकरमा तार मात्र जोडिएको पाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
Facebook Comments Box