Author: admin
झापा । एक भारतीय नागरिकको हत्या गरेको अभियोगमा झापा अर्जुनधारा ७ का दम्पतीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। अर्जुनधारा ४ जुकेखाडी-साहसी टोलको भित्री सडकको ह्युम पाइपभित्र बोरामा हालेर फालेको अवस्थामा असार १२ गते आइतबार एक पुरुषको शव भेटिएको थियो। अनुसन्धानका क्रममा शव भारतीय नागरिकको भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। हत्या गरेर फालिएका भारतको गुजरात राज्यका नागरिक भएको झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए। जपडिया नरेशकुमार बाबु भाइ नाम गरेका ती भारतीय नागरिक ४० बर्ष उमेरका रहेको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा उनको हत्या झापा अर्जुनधारा ७ डाँडागाउँका जानुकादेवी सुवेदी थापा र उनका पति विनय…
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेकाे हाे । बैठकमा आगामी चुनावकाे तयारी,पार्टीकाे आन्तरिक जीवन र देशकाे पछिल्लाे राजनीतिक अवस्थाबारे छलफल हुन लागेकाे हाे ।
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे बस्न लागेकाे हाे । बैठकमा स्थानीय तह चुनावकाे समीक्षा र आगामी चुनावकाे तयारीबारे छलफल हुनेछ । बैठकमा केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटब्यूरो, स्थायी कमिटी गठन र कार्यविभाजनबारे पनि छलफल हुने बताइएकाे छ । गत पुसमा बसेकाे केन्द्रीय कमिटीको पहिलो बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको थियो । त्यसपछि अध्यक्षबाहेकका अन्य पदाधिकारीको टुंगो लाग्न सकेको छैन ।
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसका कारण देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतवार दिउँसो धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ। ‘दिउँसो देशभर सामान्यतया बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,’ विभागले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ। राति भने वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको अनुमान गरिएको छ। ‘राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भ-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,’…
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले कमरेड भन्नुमा आपत्ति गर्नु नपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नेकपा मालेका पोलिट ब्यूरो सदस्य रहेका कुमार श्रेष्ठलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष थापाले कमरेड भन्नुमा आपत्ति गर्नु नपर्ने बताएका हुन् । अध्यक्ष थापाले आफूलाई कमरेड शब्द धरै मनपर्ने कमरेडकै रूपमा नेता श्रेष्ठलाई पार्टीमा स्थान दिने बताए । उनले राप्रपा नेपाललाई बलियो राष्ट्रवादी पार्टी बनाउने उद्घोष गरे । अध्यक्ष थापाले देशमा भइरहेको भ्रष्टाचारबिरुद्ध लड्न खोज्ने व्यक्तिका लागि राप्रपा नेपाल सदैव साथमा रहेको र आफ्नो पार्टीमा आवद्ध हुनपनि आग्रह गरे । ‘कमरेड भन्ने शब्द मलाई पनि असाध्यै मनपर्छ, कमरेड भनेको साथी…
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवको राजीनामा मागेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले अन्य देशमा समयमा किसानलाई मल दिन नसकेपछि कृषिमन्त्रीले राजीनामा दिने गरेको दृष्टान्त उल्लेख गर्दै के हेरेर बसेको भनि कृषिमन्त्री यादवलाई प्रश्न समेत गरे । उनले मलको तत्काल व्यवस्था गर्न बाध्य हुने गरी सरकारविरुद्ध आन्दोलन गर्न पनि पार्टी निकट अखिल नेपाल किसान महासंघलाई कडा निर्देशन दिए । महासंघले शनिबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममाऽ बोल्दै अध्यक्ष ओलीले किसानले मल नपाइरहेका बेला चुप लागेर बसेको भन्दै महासंघका नेता, कार्यकर्ताप्रति आक्रोश समेत व्यक्त गरे ।…
झापा । झापाको कनकाई नगरपालिका ८ मा रहेको पिकनिक स्पटमा घुम्न गएका बालकको खोलाले बगाएर मृत्यु भएको छ । मृत्यु हुनेमा विर्तामोड नगरपालिका १ अतिथि सदन टोल बस्ने नविन ओलीको ६ बर्षीय छोरा सर्वजित ओली रहेका छन् । शुक्रबार दिउँसो १ बजे बुबासँग घुम्न आएका बालक बिरङ खोला छेउबाट हराएर बेपत्ता भएका थिए । हराएका बालकको खोजतलास गर्ने क्रममा हराएको स्थानबाट ५०० मिटर दक्षीणमा बालकको मृत अवस्थामा भेटिएको थियो। उक्त घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । यसले गर्दा देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा हल्का वर्षा भइरहेको छ। शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका तराई क्षेत्रका केहि स्थानमा हल्का वर्षाको सम्भावना छ । त्यस्तै आइतबार पनि देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ । सोमबार भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केहि स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी…
काठमाडौँ । अविरल वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची नदीमा आकस्मिक बाढी आउन सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । सिन्धुपाल्चोकको गुम्थाङ, धाप, नकोटेलगायतका धेरै स्थानमा भारी वर्षा भइरहेका कारण तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो । नकोटेस्ठित बाढी मापन केन्द्रमा मेलम्ची नदीको जलसतह १.५ मिटरले बढेको महाशाखाले जनाएको छ । त्यस्तै भिरालो जमिन र भूकम्पका कारण पहिरोको जोखिम रहेका क्षेत्रमा पनि सतर्कता अपनाउन महाशादाले स्थानीय बासिन्दालाई आग्रह गरेको छ ।
पाँचथर । अविरल वर्षासँगै पहिरो गएर पाँचथरमा एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । पाँचथरको फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा छन् । रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने पहिरोमा उछिट्टिएर बाँच्न सफल भएका छन् । शुक्रवार राति पहिरो झरेर ढुङ्गा, माटोले बनेको रुपलालको घर तथा गोठ बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटनास्थलबाट करिब ५०० मिटरको दूरीमा रहेको प्रहरी चौकी सिदिनको टोली घटनाको जानकारी पाउनासाथ घटनास्थल पुगेको थियो । उद्धारका नेपाल प्रहरी,…