काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ ।
बैठक आज बिहान ११ बजे बस्न लागेकाे हाे । बैठकमा स्थानीय तह चुनावकाे समीक्षा र आगामी चुनावकाे तयारीबारे छलफल हुनेछ ।
बैठकमा केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटब्यूरो, स्थायी कमिटी गठन र कार्यविभाजनबारे पनि छलफल हुने बताइएकाे छ ।
गत पुसमा बसेकाे केन्द्रीय कमिटीको पहिलो बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको थियो । त्यसपछि अध्यक्षबाहेकका अन्य पदाधिकारीको टुंगो लाग्न सकेको छैन ।
Facebook Comments Box