Author: admin

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्रले ७६ औं जन्मोत्सव थाइल्यान्डमा मनाउने भएका छन्। दुईसाता अघि पूर्वरानी कोमलका साथ थाइल्यान्डको राजधानी बैंकक पुगेका पूर्वराजा ज्ञानेन्द्रले आफ्नो ७६ ओं जन्मोत्सव थाइल्यान्डमा मनाउन लागेका हुन् । पूर्व युवराज एवं छोरा पारस शाहबाहेक सबै परिवार र आफन्तसँग यही २३ गते जन्मोत्सव मनाउँदै छन् । २३ गतेबाट ७७ औं वर्ष प्रवेश गर्ने पूर्वराजा ज्ञानेन्द्रले ३ वर्षदेखि सार्वजनिक समारोह गरी जन्मोत्सव मनाएका छैनन् । उनले गत वर्ष भाषा र त्यसअघि हात्तीवन रिसोर्टमा सपरिवार जन्मोत्सव मनाएका थिए । कोभिडका कारण सार्वजनिक रूपमा जन्मोत्सव नमनाएका ज्ञानेन्द्रले यो वर्ष सबै आफन्तसँगै बसेर विदेशमा जन्मोत्सव मनाउन लागेका हुन् । यो समाचार आजको नेपाल…

Read More

काठमाडौं । सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाउने निणर्य गरेको छ । बुधबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निणर्य सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाउने र बनावट हेरफेरका लागि स्वीकृति दिने निणर्य गरेको जानकारी दिए । बैठकले उपत्यकाभित्रका प्रसारण लाइन तथा सबस्टेशनहरुमा संरचनागत सुधार, स्तरोन्नति र विस्तार गर्नका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निणर्य गरेको छ । त्यस्तै सशस्त्र प्रहरी दोस्रो संशोधन नियमावली-२०७९ को मस्यौदा उपर लोकसेवा आयोगको परामर्श लिने र मध्य भोटेकोशी जलविद्युत आयोजनाको २२० केभी प्रशारण लाइनको लागि बन क्षेत्र प्रयोग गर्न दिने निणर्य भएको प्रवक्ता कार्कीले जानकारी…

Read More

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कृषियोग्य जमिनको सदूपयोग गर्नुपर्नेमा जोड दिएका छन् । धान दिवसको अवसरमा अखिल नेपाल किसान महासंघले बुधबार भक्तपुरमा आयोजना गरेको रोपाई कार्यक्रममा ओलीले कृषिप्रधान देश नेपालमा कृषिजन्य बस्तुको आयात धेरै हुनु दुखद बिषय भएको भन्दै कृषियोग्य जमिनको सदूपयोग गर्नुपर्नेमा जोड दिए । उनले जमिनको प्लटिङका कारण नै कृषियोग्य जमिन मासिदै गएको जिकिर गरे । ओलीले धानका लागि जमिन हावापानी सवै अनुकुल रहेकाले उत्पादकत्व बढाउनुपर्ने उल्लेख गरे । कार्यक्रममा ओलीले मेशिनका माध्यमबाट रोपाई गरेका थिए ।

Read More

झापा । आज राष्ट्रिय धान दिवस। सरकारले विसं २०६१ देखि असार १५ का दिन हरेक वर्ष धान दिवस मनाउँदै आएको छ । मुलुक कृषि प्रधान भएकाले पनि त्यसको महत्व दर्साउन र धानको सर्वव्यापकता फैलाउनका लागि यो दिवस मनाउने गरिएको हो । हरेक वर्ष धान रोप्ने खेत क्रमशः घट्दै गएको छ । मलिलो र बढी उब्जनी हुने फराकिला फाँटमा आजकल धान होइन, कङ्क्रिटका जङ्गल बढ्दै गएको छ । भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार मुलुकबाट जेठ मसान्तसम्म प्रमुख खाद्यान आयातमा अर्बौं रकम बाहिरिएको छ । विभागका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म रु २७ अर्ब १२ करोड एक लाख २३ हजार मूल्य बराबरको…

Read More

झापा । झापाको हल्दिबारी गाउँपालिकाले गाउँपालिका क्षेत्रका विद्यालय गर्ने निर्णय गरेको छ। अविरल बर्षाका कारण विद्यालय सञ्चालन असहज भएकाले अनिश्चितकालका लागि विद्यालय बन्द गरिएको हो । गाउँपालिकाले मङ्गलवार एक सूचना जारी गर्दै अविरल वर्षाका कारण गाउँपालिकाभित्रका अधिकांश पुल-पुलेसा तथा बाटोघाटो डुबानमा परी आवतजावत गर्न असहज भएकोले पालिकाभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा निजी विद्यालय अर्को सूचना जारी नभएसम्म बन्द राख्ने निर्णय गरेको छ ।

Read More

झापा । दुई दिनदेखि लगातार परेको भारी वर्षाका कारण झापामा २ सय ७७ घर डुबानमा परेका छन्। भारी वर्षाका कारण झापाको जनजीवन प्रभावित भएको छ। नदी तटका स्थानीयवासी बाढीको प्रत्यक्ष मारमा पर्न थालेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अहिलेसम्म २ सय ७७ घर डुबानमा परेका हुन्। गौरीगञ्ज गाउँपालिका १ मा बनियानी खोलामा आएको बाढी बस्तीमा पस्दा १० घर परिवार विस्थापित भएका छन्। उनीहरूलाई नजिकको विद्यालयमा राखिएको झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए। कमल तथा बनियानी खोलाले शिवसताक्षी नगरपालिकाका ३, ४ र ५ नम्बर वडाका केही घर परिवार विस्थापित भएका छन्। कमल खोलामा आएको बाढीका कारण केही…

Read More

झापा । विगत २४ घण्टा भन्दा लामो समयदेखि भारी बर्षाका कारण झापाको जनजीवन प्रभावित पर्दै गएको छ। नदी तटका स्थानीयबासी बाढीको प्रत्यक्ष मारमा पर्न थालेका छन्। अहिलेसम्म प्राप्त जानकारी अनुसार गौरीगञ्ज गाउँपालिका १ मा बनियानी खोलामा आएको बाढी बस्तीमा पस्दा ४ घर परिवार बिस्थापित भएका छन्। कमल तथा बनियानी खोलाले शिवसताक्षी नगरपालिकाका ३, ४ र ५ नम्बर वडाका केही घर परिवार विस्थापित भएका खबर प्राप्त भएको छ। तर विस्तृत विवरण आउन भने बाँकी रहेको छ। कमल खोलामा आएको बाढीका कारण केही घर परिवार बिस्थापित भएका र उनीहरूलाई सुरक्षित स्थानमा सार्न थालिएको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ। मंगलबार बिहानै…

Read More

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। दिउँसो ३ बजे प्रधानमन्त्रीले बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए। सोमबार मन्त्रीपरिषद् हेरफेर भएपनि बैठक बस्न सकेको थिएन। त्यसैले प्रधानमन्त्रीले आजका लागि बैठक बोलाएको सल्लाहकार परियारले बताए।

Read More

काठमाडौँ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) केन्द्रीय परिषद् बैठक आज पनि बस्दैछ । बैठक सोमबारदेखि सुरु भएको हो । अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको ३४ पृष्ठको प्रतिवेदनमाथि मंगलबार छलफल हुनेछ । बैठकले उक्त प्रतिवेदनलाई पारित गर्ने कार्यसूची रहेको प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठले जानकारी दिए । अध्यक्ष नेपालले प्रस्तुत गरेको प्रतिवेदनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिदेखि आगामी कार्ययोजनासम्म समेटिएका छन् । राष्ट्रिय राजनीतिको वर्तमान चरित्रबारे व्याख्या गरिएको छ। नेपालले एमाले नेतृत्वको शक्तिलाई ‘दक्षिणपन्थी अवसरवादी धार’ भनेका छन् । एकीकृत समाजवादीसमेत सम्मिलित पाँच दलीय गठबन्धनलाई ‘वाम-लोकतान्त्रिक धार’को रूपमा उनले व्याख्या गरेका छन् ।

Read More

विर्तामोड। झापाका विभिन्न स्थानमा भारी वर्षा मापन भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले नदीको सतह बढ्न सक्ने भन्दै सचेत गराएको हो। बुलेटिन जारी गर्दै महाशाखाले पछिल्लो ६ घन्टामा निरन्तर वर्षा भएकाले तटीय क्षेत्रमा बसोवास गर्नेहरुलाई सचेतता अपनाउन आग्रह गरेको छ। झापाको भद्रपुर, विर्तामोड, शनिश्चचरे आसपास भारी वर्षामापन भएको सूचनामा उल्लेख छ । ती क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । ‘थप बर्षा हुने पुर्वानुमान रहेकाले मेची, बिरिङ, निन्दा, गेर्खा र आसपासका साना नदीमा एक्कासी बहाव हुन सक्ने, तटिय क्षेत्रमा सतर्कता अपनाऔँ,’ सूचनामा छ ।

Read More