काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कृषियोग्य जमिनको सदूपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
धान दिवसको अवसरमा अखिल नेपाल किसान महासंघले बुधबार भक्तपुरमा आयोजना गरेको रोपाई कार्यक्रममा ओलीले कृषिप्रधान देश नेपालमा कृषिजन्य बस्तुको आयात धेरै हुनु दुखद बिषय भएको भन्दै कृषियोग्य जमिनको सदूपयोग गर्नुपर्नेमा जोड दिए ।
उनले जमिनको प्लटिङका कारण नै कृषियोग्य जमिन मासिदै गएको जिकिर गरे ।
ओलीले धानका लागि जमिन हावापानी सवै अनुकुल रहेकाले उत्पादकत्व बढाउनुपर्ने उल्लेख गरे ।
कार्यक्रममा ओलीले मेशिनका माध्यमबाट रोपाई गरेका थिए ।
Facebook Comments Box