विर्तामोड। झापाका विभिन्न स्थानमा भारी वर्षा मापन भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाले नदीको सतह बढ्न सक्ने भन्दै सचेत गराएको हो।
बुलेटिन जारी गर्दै महाशाखाले पछिल्लो ६ घन्टामा निरन्तर वर्षा भएकाले तटीय क्षेत्रमा बसोवास गर्नेहरुलाई सचेतता अपनाउन आग्रह गरेको छ।
झापाको भद्रपुर, विर्तामोड, शनिश्चचरे आसपास भारी वर्षामापन भएको सूचनामा उल्लेख छ । ती क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
‘थप बर्षा हुने पुर्वानुमान रहेकाले मेची, बिरिङ, निन्दा, गेर्खा र आसपासका साना नदीमा एक्कासी बहाव हुन सक्ने, तटिय क्षेत्रमा सतर्कता अपनाऔँ,’ सूचनामा छ ।
Facebook Comments Box