Author: admin

झापा । झापाको बिर्तामोडका लजमा यौनधन्दामा संलग्न रहेको आरोपमा प्रहरीले ८ जना किशोरीलाई पक्राउ गरेको छ। पश्चिम बस स्ट्याण्डका विभिन्न लजबाट यौनधन्दामा संलग्न रहेको आरोपमा प्रहरीले ती किशोरीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ। लजमा दिउँसै यौनधन्दा हुने गरेको जनगुनासो बढेपछि शनिबार बिहान प्रहरीले ती लजमा छापा मारेको थियो। अदुवा खोला छेउमा रहेको एभरेष्ट होटल र सूर्योदय टोलस्थित एक घरबाट उनीहरूलाई पक्राउ गरिको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक होमराज दाहालले बताए। ती किशोरीसंगै एक जना पुरुषलाई पनि पक्राउ गरिएकोमा उनी त्यस्तो गतिविधिमा संलग्न नपाइएपछि रिहा गरिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।

Read More

झापा । चालु आर्थिक वर्षमा झापामा हात्तीको आक्रमणबाट पाँच जनाले ज्यान गुमाएका छन्। दुई वटा हात्ती मारिएका पनि छन्। हात्ती आक्रमणमा परेर ज्यान गुमाउनेमा ज्येष्ठ नागरिक रहेको डिभिजन वन कार्यालयको तथ्यांकले देखाएको छ। उनीहरूलाई चिया बगानमा पत्ती टिप्दा, खेतमा पानी लगाउँदै र घाँस काट्दै गर्दा हात्तीले कुल्चेर मारेको डिभिजन वन कार्यालय झापाले जनाएको छ।  हात्तीबाट मारिनेमा मेचीनगर नगरपालिका–९ की ७० वर्षीय पेना किसान, दमक नगरपालिका-३ का ६३ वर्षीय गणेशप्रसाद अधिकारी, मेचीनगर नगरपालिका–१३ स्थित चारआली घर भएका ७१ वर्षीय खम्बासिंह कार्की, भद्रपुर नगरपालिका–९ बस्ने ६० वर्षीय रामबहादुर बुर्जा, कनकाई नगरपालिका ७७ वर्षीय कृष्णबहादुर भुजेल रहेको कार्यालयका सहायक वन अधिकृत राजकुमार खत्रीले बताए। हात्तीले…

Read More

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ३२ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस गरेको छ। मन्त्रालयअन्तर्गत बढुवा समितिको शनिबार बसेको बैठकले ३२ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो। प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षण गण नक्सालका एसपी गणेश चन्द बढुवा सिफारिसको पहिलो नम्बरमा परेका छन्। यस्तो दोस्रो नम्बरमा सिद्धिबिक्रम शाह, तेस्रोमा सुशिलसिंह राठौर, चौथोमा उमाप्रसाद चतुरबेदी र पाँचौ नम्बरमा दानबहादुर कार्की रहेका छन्। सबैभन्दा अन्तिम ३२औं नम्बरमा सिफारिस हुनेमा शारदाप्रसाद चौधरी रहेका छन्। कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यापछि बलात्कार प्रकरणको अनुसन्धानमा गम्भीर लापरबाही गरेको भनेर बर्खास्तीमा परेपछि पुनर्बहाली भएका दिल्लीराज विष्ट…

Read More

झापा । झापाको अर्जुनधारामा भारतीय नागरिकको हत्याका एक जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । हत्या गरेर बोरामा हालेर फालिएको अवस्थामा गत असार १२ गते एक भारतीय नागरिकको शव भेटिएको थियो । झापा अर्जुनधारा–४ स्थित जुकेखाडी–साहसी टोलभित्रको ह्युमपाइपमा फ्याँकिएको अवस्थामा भारत गुजरातका ४० वर्षीय जपडिया नरेश कुमार बाबु भाइको शव भेटिएको थियो । सोही हत्या आरोपमा यस अघि नै दम्पतिसहित तीन जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरिसकेको थियो । एक जना फरार थिए । हत्या गरेर फरार रहेका भनिएका सुन्दर हरैँचा–६ मोरङका २४ बर्षीय सैलेश सापकोटालाई प्रहरीले पक्राउ गरेको हो । उनीसहितका हत्या अभियुक्तहरूले सुपारी लिएर ती भारतीय नागरिकको…

Read More

काठमाडौं । मित्र राष्ट्र जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधनमा सरकारले आज शनिबार राष्ट्रिय शोक मनाइँदैछ । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आबेको सम्मानमा शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो । ६७ वर्षीय आबेको शुक्रबार गोली प्रहार गरी हत्या गरिएको हो । आबेको गोली प्रहार गरी हत्या भएकोमा उक्त निन्दनीय कार्यको घोर भत्र्सना गर्दै सरकारले जापान सरकार, जापानी जनता र आबेको परिवारप्रति समवेदना व्यक्त गरेको छ । यसैबीच, हत्याको अनुसन्धान गरिरहेको जापानीज प्रहरीले संदिग्ध व्यक्तिले आबे आबद्ध ‘विशेष संगठन’विरुद्ध गुनासो गरेको जनाएको छ । ४१ वर्षीय आक्रमणकारी तेत्सुया यामागामीले आबेलाई उक्त समूहको सदस्य भएको विश्वासमा आक्रमण गरेको समेत बताएका…

Read More

झापा । झापाको कन्काई नगरपालिका-३ स्थित भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज बिहान पौने ९ बजे मे.१त ७८३१ नम्वरको ट्याक्टरले रोकी राखेको मे.१ ह ६९६० नम्वरको अटोलाई ठक्कर दिँदा अटोमा सवार कन्काई नगरपालिका-३ कि ३६ बर्षीया मुना कार्की र ३४ बर्षीया कमला नेपाल घाइते भएका थिए । दुवै घाइतेलाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा कमला नेपालको मृत्यु भएको हो । ठक्कर दिने ट्रयाक्टरका चालक २४ बर्षीय यतुवा मर्डीलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिइ घटना सम्वन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Read More

झापा । झापाको झापा गाउँपालिका-३ बाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई  पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा गाउँपालिका-३ का २२ बर्षीय फरमान अली र  झापा गाउँपालिका-४ का  ३२ बर्षीय मनोज गणेश रहेका छन् । हिजो दिउँसो इलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरुको साथबाट १३ ग्राम ब्राउनसुगर, डिजिटल तराजु १ थान बरामद गरेको हो । ब्राउन सुगरसहित पक्राउ परेका दुवै जनाको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुईवटा विधेयक प्रमाणीकरण गरेकी छिन्। राष्ट्रपति भण्डारीले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएका विधेयकहरु आज प्रमाणीकरण गरेकी हुन् ।

Read More

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको बैठक केन्द्रीय कार्यालयमा सुरु भएको छ ।  बैठकमा महासचिव शंकर पोखरेलले विभागका कामहरूका बारेमा अपेक्षा र जिम्मेवारीहरूका बारेमा धारणा राखेका छन्।  चार दिनअघि एमालेले २७ वटा केन्द्रीय विभागलाई पूर्णता दिएको थियो । आजको बैठकमा तिनै विभागका प्रमुख, उपप्रमुख, सचिवलगायत उपस्थित छन् ।  महासचिव पोखरेलले सम्बोधन गरेपछि बैठकलाई अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । 

Read More

काठमाडौं । आज पनि देशका विभिन्न क्षेत्रमा वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश–१, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको हो । राति धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रदेश–१ र मधेशका एक/दुई स्थान साथै बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत आँकलन गरिएको छ । शनिबार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । प्रदेश–१ र बाग्मती प्रदेशका एक/दुई स्थान साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Read More