झापा । झापाको बिर्तामोडका लजमा यौनधन्दामा संलग्न रहेको आरोपमा प्रहरीले ८ जना किशोरीलाई पक्राउ गरेको छ।
पश्चिम बस स्ट्याण्डका विभिन्न लजबाट यौनधन्दामा संलग्न रहेको आरोपमा प्रहरीले ती किशोरीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।
लजमा दिउँसै यौनधन्दा हुने गरेको जनगुनासो बढेपछि शनिबार बिहान प्रहरीले ती लजमा छापा मारेको थियो।
अदुवा खोला छेउमा रहेको एभरेष्ट होटल र सूर्योदय टोलस्थित एक घरबाट उनीहरूलाई पक्राउ गरिको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक होमराज दाहालले बताए।
ती किशोरीसंगै एक जना पुरुषलाई पनि पक्राउ गरिएकोमा उनी त्यस्तो गतिविधिमा संलग्न नपाइएपछि रिहा गरिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।
Facebook Comments Box