झापा । झापाको कन्काई नगरपालिका-३ स्थित भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
आज बिहान पौने ९ बजे मे.१त ७८३१ नम्वरको ट्याक्टरले रोकी राखेको मे.१ ह ६९६० नम्वरको अटोलाई ठक्कर दिँदा अटोमा सवार कन्काई नगरपालिका-३ कि ३६ बर्षीया मुना कार्की र ३४ बर्षीया कमला नेपाल घाइते भएका थिए ।
दुवै घाइतेलाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा कमला नेपालको मृत्यु भएको हो ।
ठक्कर दिने ट्रयाक्टरका चालक २४ बर्षीय यतुवा मर्डीलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिइ घटना सम्वन्धमा थप अनुसन्धान गरिरहेको छ ।
Facebook Comments Box