Author: admin
काठमाडौं । साढे २ वर्षदेखि रिक्त रहेको प्रतिनिधि सभाको उपसभामुख पदका लागि चुनाव हुने भएको छ । बुधवारको संसद बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख पदको निर्वाचन मिति र समय तोक्ने छन् । २०७६ माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्वाहाम्फेले राजीनामा गरेपछि प्रतिनिधि सभामा उपसभामुख पद रिक्त छ । सभामुख र उपसभामुख एउटै दलले लिन नपाउने संवैधानिक व्यवस्था छ ।
काठमाडौं । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजे शुरु हुनेछ। आजको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताववमाथि प्रेम सुवाल, शेरबहादुर तामाङ र भीम रावलले प्रस्तुत गरेको बिरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता विधेयक २०७९ पेस गर्नेछन्। यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव राख्ने कार्यसूची छ। यस्तै राष्ट्रिय सभाको सन्देशसहितको नेपाल रेल्वे विधेयक, २०७९ माथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रश्तुत गर्ने, भौतिक पूर्वाधार तथा यातायात मन्त्री…
काठमाडौं । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। आज दिउँसो प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका केही स्थानहरुमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी…
काठमाडौं । सरकारले आगामी ४ मंसिरमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचन आयोगलाई तयारी गर्न निर्देशन दिएको छ । प्रधानमन्त्रीनिकट उच्च स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिषको सल्लाहअनुसार ४ मंसिरमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्नेगरी तयारी गर्न अनौपचारिक सन्देश पठाएका हुन् । साउन पहिलो साता निर्वाचन मिति तोक्ने तयारी सरकारको छ । ‘४ मंसिरमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्नेगरी प्रधानमन्त्रीले तयारी गर्न निर्वाचन आयोगलाई निर्देशन गरिसक्नुभएको छ, ज्योतिषलाई हेराएर मिति तय गरिएको हो,’ बालुवाटार स्रोतले भन्यो । यसअघि, गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचन मितिसमेत ज्योतिषकै रायमा तय भएको बताइन्छ । आयोगले भने गत २२…
झापा । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ– गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर : । गुरु: साक्षात्…
काठमाडौँ । नेपालको चार दिने भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटवार्ता गरेका छन् । काठमाडौँस्थित होटेल एभरेष्टमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटवार्तामा नेकपा (एकीकृत समाजवादी) को तर्फबाट अध्यक्ष नेपालसहित सम्मानित नेता झलनाथ खनाल, नेताहरू जयन्ती राई, प्रमेश हमाल, गंगालाल तुलाधर, जगन्नाथ खतिवडा र मोहन गौतम सहभागी थिए । यसअघि जियान्चाओले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेताहरुसँग भेटवार्ता गरेका थिए । सो क्रममा उनले एमालेसहित सबै दलसँग सुदृढ सम्बन्ध आफ्नो प्राथमिकतामा रहेको बताएका थिए ।
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा पाँच दलीय गठबन्धनका विषयमा छलफल भएको छ । मंगलबार भएको बैठकको छलफलबारे पत्रकारलाई जानकारी दिँदै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धनले समग्रमा पार्टीको जीतमा सहयोग पुर्याएको निष्कर्ष निकालेको बताए । पार्टी भित्रका समस्या पार्टी भित्रै छलफल गर्नुपर्ने बैठकमा बोल्ने सदस्यको मत रहेको महतले बताए । यो समीक्षाको आधारमा पार्टीलाई अझ मजबुत बनाएर लैजानु पर्नेमा केन्द्रीय सदस्यहरूले जोड दिएको उनको भनाइ छ । वर्तमान राष्ट्रिय समस्या कसरी कम गर्ने भन्ने कुरा पनि छलफलमा आएको उनले जानकारी दिए। यसको लागि सरकारले आवश्यक पहल गर्नुपर्नेमा वक्ताहरूको जोड थियो । गठबन्धन सरकारको एउटा सीमा रहेको बताउँदै त्यसले…
काठमाडौं । केही दिनयता नेपालमा कोरोना संक्रमण निरन्तर उकालो लाग्ने क्रममा छ । पछिल्लो २४ घन्टामा देशभर थप १७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। तीन हजार १२६ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। एक हजार ८०५ जनाको पिसिआर र १ हजार ३२१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ८७३ जना सक्रिय संक्रमित छन्। ४१ जना संक्रमित निको भएर घर फर्केका छन् ।
काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफूहरुको बहस पार्टीको रुपान्तरण र पुनर्गठनमा केन्द्रित रहेको बताउनुभएको छ । मंगलबार काठमाडौंमा आफूपक्षीय केन्द्रीय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै उहाँले पार्टीलाई देशव्यापी बनाउनका लागि रुपान्तरण र पुनर्गठनमा बहस गर्न खोजेको बताउनुभएको हो । भट्टराईले पछिल्लो समय अध्यक्ष उपेन्द्र यादवले एकपक्षीय निर्णय गर्दै हिँडेको र पार्टीभित्र कुनै छलफल नै नगरि बीरगंजमा बैठक बोलाएको आरोप लगाउनुभयो । उहाँले वैधानिक ढंगबाट बैठक राख्न र सरसल्लाह गरेर विधिसम्मत बैठक राख्न यादवलाई सुझाव दिनुभयो । भट्टराईले आफ्नो मनसाय पार्टीको बिभाजन नभएको बरु संगठनलाई बलियो बनाएर अघि बढाउनु मात्रै रहेको तर्क गर्नुभयो । बैकल्पिक शक्ति…
झापा । झापाको मेचीनगर नगरपालिका-६ बाट अवैध रुपमा भारततर्फ लाँदै गरेको सुपारी प्रहरीले बरामद गरेको छ । सोमवार राति जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी गस्ती टोलीले नेपालबाट भारततर्फ लाँदै गरेको अवस्थामा २४५ किलोग्राम अन्दाजी १ लाख २२ हजार ५ सय मुल्य बरावरको सुपारी बरामद गरेको हो । बरामद भएको उक्त सुपारी आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको प्रहरीले जनाएको छ ।