काठमाडौं । साढे २ वर्षदेखि रिक्त रहेको प्रतिनिधि सभाको उपसभामुख पदका लागि चुनाव हुने भएको छ ।
बुधवारको संसद बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख पदको निर्वाचन मिति र समय तोक्ने छन् ।
२०७६ माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्वाहाम्फेले राजीनामा गरेपछि प्रतिनिधि सभामा उपसभामुख पद रिक्त छ ।
सभामुख र उपसभामुख एउटै दलले लिन नपाउने संवैधानिक व्यवस्था छ ।
Facebook Comments Box