काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा पाँच दलीय गठबन्धनका विषयमा छलफल भएको छ ।
मंगलबार भएको बैठकको छलफलबारे पत्रकारलाई जानकारी दिँदै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धनले समग्रमा पार्टीको जीतमा सहयोग पुर्याएको निष्कर्ष निकालेको बताए ।
पार्टी भित्रका समस्या पार्टी भित्रै छलफल गर्नुपर्ने बैठकमा बोल्ने सदस्यको मत रहेको महतले बताए । यो समीक्षाको आधारमा पार्टीलाई अझ मजबुत बनाएर लैजानु पर्नेमा केन्द्रीय सदस्यहरूले जोड दिएको उनको भनाइ छ ।
वर्तमान राष्ट्रिय समस्या कसरी कम गर्ने भन्ने कुरा पनि छलफलमा आएको उनले जानकारी दिए। यसको लागि सरकारले आवश्यक पहल गर्नुपर्नेमा वक्ताहरूको जोड थियो ।
गठबन्धन सरकारको एउटा सीमा रहेको बताउँदै त्यसले चाहे जस्तो काम गर्न नसक्ने महतले बताए ।
Facebook Comments Box