काठमाडौं । केही दिनयता नेपालमा कोरोना संक्रमण निरन्तर उकालो लाग्ने क्रममा छ ।
पछिल्लो २४ घन्टामा देशभर थप १७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
तीन हजार १२६ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।
एक हजार ८०५ जनाको पिसिआर र १ हजार ३२१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
अहिले देशभर ८७३ जना सक्रिय संक्रमित छन्। ४१ जना संक्रमित निको भएर घर फर्केका छन् ।
Facebook Comments Box