झापा । झापाको मेचीनगर नगरपालिका-६ बाट अवैध रुपमा भारततर्फ लाँदै गरेको सुपारी प्रहरीले बरामद गरेको छ ।
सोमवार राति जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी गस्ती टोलीले नेपालबाट भारततर्फ लाँदै गरेको अवस्थामा २४५ किलोग्राम अन्दाजी १ लाख २२ हजार ५ सय मुल्य बरावरको सुपारी बरामद गरेको हो ।
बरामद भएको उक्त सुपारी आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box