Author: admin
काठमाडौं । आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले करिब ८ करोड मतपत्र छाप्ने भएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको परिणाम र खर्च विवरण सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सो जानकारी दिएका हुन्। ‘अबको चुनावमा ८ करोड मतपत्र छाप्नुपर्छ । मतदान केन्द्रमा चार वटा मतपेटिका राख्नुपर्छ । सोहीअनुसार कर्मचारी पनि व्यवस्था गर्नुपर्ने हुन्छ’, उनले भने । प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको मिति तय नभए पनि आयोगले आन्तरिक तयारी थालिसकेको बताए। प्रमुख निर्वाचन आयुक्त थपलियाले अब बस्ने मन्त्रिपरिषद्को बैठकले आगामी मंसिर ४ गते प्रतिनिधि सभा र…
काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजा राखेरै देशलाई समृद्ध बनाउन बनाउन सकिने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा लिङ्देनले राजा चाहिन्छ भन्दा कोही डराउनु नपर्ने भन्दै राजा राखेरै देशलाई समृद्ध बनाउन सकिने बताएका हुन् । यसका लागि मुलुकको वर्तमान शासन व्यवस्था नै परिवर्तन गर्नुपर्ने उनको भनाइ छ । उनले देशमा पूर्णसमानुपातिक संसद्, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीका साथै अभिभावकिय भूमिकामा राजा रहनुपर्ने दोहोर्याए । देशको बोझको रुपमा रहेको प्रदेशको संरचना खारेज गर्ने, भ्रष्ट नेताहरुलाई छानविनको दायरामा ल्याएर कारवाही गर्नुपर्ने उनले बताए । उनले स्वतन्त्रताको नाममा अभिभावक बिहीन ढंगले कुनै काम गरे दुर्घटनामात्र हुने तर्क गरे ।
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले जनताको स्वास्थ्यमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकको सुरुमै एमाले सांसद योगेश भट्टराईले उपत्यकामा हैजा फैलिएको र मङ्कीपक्सको जोखिम हुँदा पनि सरकारले कुनै कदम नचालेको भन्दै तत्काल जनताको स्वास्थ्यप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका हुन् । मङ्कीपक्सलाई डब्लूएचओले अलर्ट घोषणा गरिसकेको अवस्थामा नेपालमा कुनै प्रकारको सचेतना नअपनाएको उनले बताए । उनले भारतमा चार जना संक्रमित भेटिसकको भन्दै खुल्ला सीमाका कारण सचेत हुनुपर्ने र नाकाहरुमा निगरानी बढाउनुपर्नेमा जोड दिए । त्यस्तै उपत्यकामा ३४ जना हैजाका बिरामी फेला पर्दा पनि सरकारले केही नगरेको आरोप लगाउँदै उनले यस बिषयमा सदनमा जानकारी गराउन माग…
काठमाडौं । साना कम्युनिष्ट पार्टीहरुले अमेरिकी सहायता परियोजना (एमसीसी) र स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) को बिरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले एमसीसी र एसपीपी नेपालको राष्ट्रियतामाथिको हस्तक्षेप भएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । घोषित आन्दोलनका कार्यक्रममा साउन १३ गते देशव्यापी कोणसभा घोषणा, १५ मशाल जुलुस र २१ गते प्रदेश तथा काठमाडौंमा विरोध प्रदर्शन गर्ने रहेको नेपाल कम्युनिष्ट पाटीका अध्यक्ष ऋषि कट्टेलले बताए । उनले एसपीपीमा सहभागी नहुने पत्र नपठाएर वर्तमान गठबन्धनको सरकारले आत्मसमर्पण र राष्ट्रघात गरेको आरोप लगाए । मुलुकमा महङ्गी बढ्दा समेत कुनै चासो नदेखाएर सरकारले जनताप्रतिको संवेदनशिलता गुमाएको उनले…
फिदिम । पाँचथरको तुम्बेवा गाँउपालिका २ मेवागाँउस्थित अन्न पिस्ने मिलबाट करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिल संचालक सोही स्थान बस्ने ३८ बर्षीय जीवन मगर रहेका छन् । हिजो दिउँसो २ बजे चलिरहेको मिलमा अचानक विद्युत सर्ट भइ करेन्ट लाग्दा गम्भीर घाइते भएका जीवनको हिजो बेलुका पौने ९ बजे घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो। उनलाई करेन्ट लागेको देखेर उद्धार गर्ने क्रममा सोही स्थानका ३५ बर्षीय पुर्णबहादुर मगरसमेत सामान्य घाइते भएकाले सोही अस्पतालमा उनको उपचार भइरहेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिको प्रवेशबाट बजेट बनाएको आरोपमा गठित संसदीय विशेष छानविन समितिले फरेन्सिक ल्याबबाट प्राप्त भएको सीसीटीभीको हार्डडिक्सलाई आज हेर्दैछ। संसदीय विशेष छानबिन समितिले साउन ४ गते पठाएको उक्त हार्डडिक्स आइतबार नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको केन्द्रीय प्रहरी डिजिटल फरेन्सिक विज्ञान प्रयोगशालाबाट प्राप्त भएको हो। ६ दिनको दिनमा ल्याबले हार्डडिक्स फिर्ता गरेको छ। समितिको सोमबार बसेको बैठक सकिएपछि फरेन्सिक ल्याबबाट लाहाछापसहित शिलबन्दी गरेको हार्डडिस्क प्राप्त भएको समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिए। ‘ल्याबबाट शिलबन्दी भएका हार्डडिस्क सोमबार ढिला आइपुग्यो। यसको रिपोर्ट पनि खामबन्दी छ। अब मंगलबार बिहान ८ बजेदेखि शुरु हुने बैठकमा खोल्नेछौं। यसपछि जेठ १४…
काठमाडौं । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर बिसर्जन हुन नसक्दा सडकमा पोका पारेर राखिएको छ । ल्याण्डफिल साइट पुग्ने बाटो निर्माण गर्न शहरी विकास तथा भवन निर्माण विभागले एक साताअघि फोहोर बोक्ने सवारी नचलाउन आग्रह गरेको थियो । सोही आग्रहअनुसार काठमाडौं महानगरपालिकाले एक सातासम्म फोहोर ल्याण्डफिल साइट नलैजाने निर्णय गरेको थियो । कामपाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले सूचना जारी गरी एक सातासम्म घरमै फोहोर राख्न आग्रह गरिएको बताउनुभयो ।एक सातासम्म घरभित्र फोहोर राख्न असम्भव भएपछि महानगरवासीले बाटोमा फोहोर राखेका थिए । महानगरवासीले राखेको फोहोर वडा कार्यालयको संयोजनमा प्लास्टिकको झोलामा पोका पारी बाटोको साइडमा राखिएको छ । कामपा वातावरण व्यवस्थापन विभाग…
काठमाडौं । नागरिकता बिधेयक खारेज गर्नुपर्ने भन्दै एक युवकले प्रधानमन्त्री सहभागी कार्यक्रममा प्रदर्शन गरेका छन् । सोमबार काठमाडौंको प्रज्ञा भवनमा आयोजित राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्दा ती युवकले नागरिकता बिधेयक खारेज गर भन्दै प्लेकार्ड प्रदर्शनसहित नारा लगाएका हुन् । उनले नागरिकता बिधेयक खारेज गर, राष्ट्रियताको रक्षा गरौं, स्वानिधनताको रक्षा गरौ भन्दै नारा लगाएका थिए । त्यसपछि सुरक्षाकर्मीले उनलाई कार्यक्रमस्थलबाट बाहिर निकालेका थिए ।
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५६८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ४५३ र एन्टीजेन परिक्षण गर्दा ११५ गरी जम्मा ५६८ जना नयाँ संक्रमित थपिएका हुन् । त्यस्तै, पछिल्लो २४ घण्टामा ९५ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.४ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या एक रहेको छ । पछिल्लो २४ घण्टामा ४८८८ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या ६३ हजार ३७२ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ३ हजार ५३४ जना रहेका छन्…
नयाँ दिल्ली । भारतको १५ औं राष्ट्रपतिको रुपमा द्रौपदी मुर्मुले शपथ लिएकी छिन्। उनी भारतको पहिलो आदिवासी महिला राष्ट्रपति बनेकी हुन्। भारतका प्रधानन्यायाधीश एनवी रमन्नाले द्रौपदी मुर्मुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। जुलाइ २१ मा भएको राष्ट्रपतीय निर्वाचनमा मुर्मु विजयी भएकी थिइन्। उनले खसेको समग्र मतमध्ये ६४ प्रतिशत मत पाएकी थिइन्। शपथ ग्रहणपछि सामाजिक सञ्जाल ट्वीटरमर्फत मुर्मुले आफ्नो जितले गरीबहरुले ठूलो सपना देख्न मात्र होइन, त्यसलाई पूरा पनि गर्न सक्छन् भन्ने प्रमाण दिएको उल्लेख गरेकी छिन्।