काठमाडौं । नागरिकता बिधेयक खारेज गर्नुपर्ने भन्दै एक युवकले प्रधानमन्त्री सहभागी कार्यक्रममा प्रदर्शन गरेका छन् ।
सोमबार काठमाडौंको प्रज्ञा भवनमा आयोजित राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्दा ती युवकले नागरिकता बिधेयक खारेज गर भन्दै प्लेकार्ड प्रदर्शनसहित नारा लगाएका हुन् ।
उनले नागरिकता बिधेयक खारेज गर, राष्ट्रियताको रक्षा गरौं, स्वानिधनताको रक्षा गरौ भन्दै नारा लगाएका थिए । त्यसपछि सुरक्षाकर्मीले उनलाई कार्यक्रमस्थलबाट बाहिर निकालेका थिए ।
Facebook Comments Box