फिदिम । पाँचथरको तुम्बेवा गाँउपालिका २ मेवागाँउस्थित अन्न पिस्ने मिलबाट करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मिल संचालक सोही स्थान बस्ने ३८ बर्षीय जीवन मगर रहेका छन् ।
हिजो दिउँसो २ बजे चलिरहेको मिलमा अचानक विद्युत सर्ट भइ करेन्ट लाग्दा गम्भीर घाइते भएका जीवनको हिजो बेलुका पौने ९ बजे घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो।
उनलाई करेन्ट लागेको देखेर उद्धार गर्ने क्रममा सोही स्थानका ३५ बर्षीय पुर्णबहादुर मगरसमेत सामान्य घाइते भएकाले सोही अस्पतालमा उनको उपचार भइरहेको छ ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box