काठमाडौं। कोरोनाका कारण आमा बुवा गुमाएका बालबालिकालाई बागमती प्रदेश सरकारले मासिक ३ हजार भत्ता दिने भएको छ ।
आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले कोरोना संक्रमणका कारण आमाबाबु गुमाएका बालबालिकालाई सामाजिक शैक्षिक तथा सामाजिक भत्तास्वरुप मासिक ३ हजार रुपैयाँ भत्ता दिने बताएका हुन् ।
कोरोनाबाहेक अन्य कारणले आमाबाबु गुमाएका बालबालिकाको हकमा मासिक २ हजार सामाजिक सुरक्षा भत्ता प्रदान गरिने छ ।
बजेट भाषणमा मन्त्री ढुंगेलले भने,’कोरोनाका कारण आमाबाबु दुवै गुमाएका बालबालिकाहरूलाई स्थानीय तहसँगको सहकार्यमा मासिक रु. ३ हजारको दरले शैक्षिक तथा सामाजिक भत्ता, अन्य कारणबाट आमाबाबु दुवै गुमाएका बालबालिकाहरूलाई मासिक रु. २ हजारका दरले सामाजिक सुरक्षा भत्ता प्रदान गरिनेछ।’
Facebook Comments Box