बुधबारे । हात्तीलाई थापेको विद्युतीय धरापमा परि झापाको बुद्धशान्ति गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ।
बुद्धशान्ति गाउँपालिका ३ राजाटोल शितल बस्ती बस्ने ४८ बर्षीय विष्णुमाया बासकोटाको हात्तीलाई थापेको विद्युतीय धरापमा परेर करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
मंगलबार बिहान साढे ५ बजे घर नजिक आफ्नै खेतबारीमा जंगली हात्ती नआओस भनेर राखेको बिजुलीको नाङगो तारमा करेन्ट लागेर घाइते भएकी उनको बिर्तासिटी अस्पतालमा बिहान साढे ६ बजे मृत्यु भएको हो ।
Facebook Comments Box