झापा । झापाको बिर्तामोड नगरपालिकाको फोहोर व्यवस्थापनको जिम्मा निराकार सरसफाई सेवा प्रा.लिले लिएको छ ।
नगरपालिकाले आज एक कार्यक्रमकाबिच निजी कम्पनी निराकारलाई फोहोर व्यवस्थापनको जिम्मेवारी दिएको जानकारी गराएको हो ।
कम्पनीले भोलिबाट नगर सरसफाईको जिम्मेवारी सम्हाल्ने छ ।
नगरपालिकाले १० लाख रुपैयाँ धरौटीमा ३ बर्षको लागि निजी कम्पनीसँग सम्झौता गरेको हो ।
सम्झौता अनुसार कम्पनीले डिपार्टमेन्ट स्टोर, विद्यालय, उद्योग कलकारखाना, घर, अस्पताल आदिबाट निस्कने फोहोर व्यवस्थापनको लागि रकम निर्धारण गरेको छ ।
कार्यक्रममा नगरप्रमुख ध्रुवकुमार शिवाकोटिले अब स्वच्छ नगर निर्माणको परिकल्पना पुरा हने बताए ।
कम्पनीले हाल ४ जना चालक र १४ जना सरसफाई कर्मचारीको सहायतामा काम गर्ने जनाइएको छ ।
Facebook Comments Box
