बिराटनगर । झापा र इलामामा लागूऔषध ब्राउन सुगरसहित ५ जनालाई पक्राउ गरिएको छ ।
आइतबार दिनको ३ बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले झापा कमल गाउँपालिका ३ का २२ बर्षीय बले भनिने प्रज्वल बानियालाई लागूऔषध ब्राउन सुगर ४ ग्रामसहित घरबाटै पक्राउ गरिएको हो ।
त्यस्तै आईतबार बेलुका ५ बजे प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरी टोलीले इलाम माई नगरपालिका ४ शंकरगाउँबाट लागूऔषध ब्राउन सुगर ५ ग्रामसहित सोही स्थान ८ का २८ बर्षीय महेश थापा, ३० बर्षीय कुविरसिंह तामाङ, सोही स्थान १ का २२ बर्षीय रुपेश कुमार खत्री र सोही स्थान ३ का २३ बर्षीय सुदिप कुमार दनुवारलाई पक्राउ गरिएको हो ।
प्रहरीले उनीहरुले प्रयोग गरेको प्रदेश १-०१३ प. ७२२२ र ना. ३२ प. ६९१९ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।