काठमाडौं । काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा १ साताका लागि लम्ब्याइएको छ।
उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीचको बैठकले एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको हो।
तर यसअघिको भन्दा अबको निषेधाज्ञा केही खुकुलो हुनेछ।
जसअनुसार असार १ देखि मास्क लगाएर हिँडडुल गर्न पाइने छ भने ९ बजेसम्म खुल्दै आएका खाद्यान्न र तरकारी पसललाई ११ बजेसम्म खोल्न दिइने छ ।
अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्न दिने निर्णय भएको छ ।
पछिल्लो पटक थपिएको निषेधाज्ञाको समय भोलि सकिँदैछ।
Facebook Comments Box