काठमाडौं । काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा असार १ गतेबाट खुकुलो हुने भएको छ।
उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीचको बैठकले यस्तो सहमति गरेको हो ।
अब असार १ देखि मास्क लगाएर हिँडडुल गर्न पाइने छ भने ९ बजेसम्म खुल्दै आएका खाद्यान्न र तरकारी पसललाई ११ बजेसम्म खोल्न दिइने छ ।
पछिल्लो पटक थपिएको निषेधाज्ञाको समय भोलि सकिँदैछ। यस्तोमा पुनः निषेधाज्ञा थप्ने विषयमा तीन जिल्लाका सिडियोबीच छलफल भएको थियो।
जहाँ निषेधाज्ञा थपिए पनि खुकुलो बनाएर थप्ने निर्णय भएको छ।
प्रमुख जिल्ला अधिकारीहरूको बैठकले एक सातादेखि १० दिनसम्म निषेधाज्ञा बढाउनसक्ने निर्णय गर्ने बताइएको छ ।
Facebook Comments Box