झापा । झापाको बिर्तामोड नगरपालिका १० का एक बालकको करेन्ट लागेर मृत्यु भएको छ ।
पानी तान्ने मोटरमा रहेको नांगो तार छुन पुग्दा बालकलाई करेन्ट लागेको थियो । मृत्यु हुनेमा बिर्तामोड–१० का ३ वर्षिय अभिनाश गुरुङ रहेको प्रहरीले जनाएको छ ।
बालकलाई उपचारका लागि बिर्तामोडको मनमोहन हस्पिटल ल्याउन साथ मृत्यु भएको जनाइएको छ ।
Facebook Comments Box