काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले४३० जना कैदीको बाँकी कैद सजाय मिनाहा गरेकी छन्।
मन्त्रिपरिषदको जेठ १३ गतेको बैठकको सिफारिसका आधारमा राष्ट्रपतिले उनीहरुलाई कैद मिनाहाको घोषणा गरेकी हुन्।
सबै कैदीले भोलि जेठ १५ गतेदेखि लागू हुने गरि कैद मिनाहा पाउनेछन्।
सरकारले विभिन्न दिवस पारेर कैद मिनाहाको निर्णय गर्दै आएको छ। जसमा भोलि गणतन्त्र दिवसको अवसरमा उनीहरुले कैद मिनाहा पाएका हुन्।

Facebook Comments Box