बिर्तामोड । झापामा निषेधाज्ञा पुनः एक साता थप भएको छ ।
आज बसेको डीसीसीएमसीको बैठकले पुनः एक साता निषेधाज्ञा थप गर्दै २१ गतेसम्म पुर्याएको हो ।
कोरोना संक्रमितको शव नेपाली सेनाले व्यवस्थापन गर्दै आएकोमा अब नेपाल स्काउट प्रदेशको ३ वटा टोलीले झापाका सबै पालिकामा व्यवस्थापन गर्ने बैठकबाट निर्णय भएको छ ।
त्यस्तै निषेधाज्ञा अटेर गर्नेलाई सरकारले ल्याएको नयाँ अध्यादेशअनुसार कारवाही समेत हुने गरी निषेधाज्ञा थप भएको हो ।
कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश अनुसार निषेधाज्ञा पालना गर्नु पर्नेछ । पालना नगर्नेलाई एक वर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिबाना हुन सक्ने भएको छ ।
Facebook Comments Box