झापा । झापा जिल्ला सहकारी संघले नेपाल पत्रकार महासंघ झापा शाखालाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ ।
फ्रन्टलाइनमा रहेर काम गरिरहेका पत्रकारको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै संघले स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको हो ।
मंगलबार बिर्तामोडस्थित सहकारी संघको कार्यालयमा सामग्री प्रदान गरिएको हो ।
संघले गुणस्तरीय मास्क तीन सय प्याकेट, सेनिटाइजर तथा फेससिल तीन/तीन सय थान र अक्सिमिटर २० थान हस्तान्तरण गरेको महासंघका अध्यक्ष एकराज गिरीले जानकारी दिए ।
सहकारी संघले यसअघि सुरक्षाकर्मीका लागि ६ लाख बढीको सामग्री हस्तान्तरण गरेको संघका अध्यक्ष गणेश ढकालले बताए ।
Facebook Comments Box