गौरादह । झापाको गौरादह नागरपलिकाले सोमबार करिब ३ हजार केजी चामल नगर परिसरमा खाडल खनेर गाडेको छ।
उक्त परिमाणको चामल गत बर्ष खरिद गरिएको थियो। गत बर्षको कोरोना महामारीमा विपन्न समुदायका मानिसहरूलाई वितरण गर्न भनेर नगरपालिकाले मोटो रकम खर्चेर चामल खरिद गरेको थियो।
नगरपालिकाले त्यतिबेला खरिद गरेको अहिले कुहिएको ३ हजार केजी चामल सोमबार साँझ नगरपालिका परिसरमै खाडल खनेर गाडेको हो।

खरिद गरेर भण्डार गरेर राखिएको कुहिएकै २ हजार केजी चामल गुपचुप तरिकाले नगरपालिकाले सर्वसाधारणलाई केही समय अघि वितरण गरेको स्थानीयबासीको भनाइ छ।
कुहिएको चामल बितरण गरेको भनेर स्थानीयबासीले आपत्ति जनाएपछि थप चामल वितरण गर्नबाट नगरपालिका पछि हटेको थियो।
बाँकी रहेको ३ हजार केजी चामल चौपायालाई खुवाउन वितरण गर्दा सहज हुन्छ भनेर स्थानीयबासीले नगरपालिकालाई सुझाव दिएका थिए। तर उक्त सुझावको वेवास्ता गर्दै चामल गाडेको भन्दै स्थानीयबासीले आपत्ति जनाएका छन्।