झापा । झापा अर्जुनधारा नगरपालिका–११ मा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
रेखा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा सोही स्थानका ३८ बर्षीय धनेन्द्र तामाङ रहेका छन् ।
आईतबार बेलुका साढे ४ बजे साथीहरुसंग माछा मार्ने क्रममा करेन्ट लागेर घाईते भएका तामाङको उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पुर्याउनासाथ मृत्यु भएको हो ।
तामाङसँग रहेका साथीहरु सोही स्थानका ३८ बर्षीय दिलबहादुर खजुम लिम्बु र ईलाम घर भई सोही स्थान बस्ने ३२ बर्षीय रमेश एक्तेन लिम्बुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box