झापा । मेचीनगर नगरपालिकाले आज सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष चन्दन मेचे र नगरपालिकाको विद्युत शाखामा कार्यरत कर्मचारी महेन्द्र निरौलाको निधनमा दुःख व्यक्त गर्दै सोमवार एक दिनलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
नगरपालिकामा अत्यावश्क सेवा दमकल, एम्बुलेन्स, स्वास्थ्य शाखाबाट हुने सेवा र फोहोर मैला संकलन भने नियमित हुने नगरपालिकाले जनाएको छ ।
Facebook Comments Box