काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धी (पहिलो संशोधन) अध्यादेश जारी गरेकी छिन् ।
उनले (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी हुन् ।
हाल जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको नागरिकता नपाउने व्यवस्था रहेको थियो ।
केही दिन अघिको मन्त्रिपरिषदले अध्यादेश ल्याउने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी भएको हो ।

Facebook Comments Box