काठमाडौं । शनिबारबाट मौसममा सुधार भएसँगै सगरमाथा आरोहण धमाधम भइरहेको छ ।
पर्यटन विभागबाट खटिएका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार शनिबार राति नै चुचुरोतर्फ लागेका थिए ।
त्यसमध्ये १५० भन्दा बढि आरोहीले चुचुरो चुमिसकेको खबर आएको उनले जानकारी दिए ।
श्रेष्ठका अनुसार आइतबार सगरमाथाको मौसम राम्रो छ । सोहीकारण आरोहीलाई सहज समेत भएको छ ।
आरोहण सकिएपछि यो टोली तल झर्नेछ । त्यसपछि पुनः अर्को टोलीले भने आगामी साता मात्र आरोहणको योजना बनाउने छ । आजपछि अब २८–२९ तारिखमा मात्र मौसम अनुकुल हुने श्रेष्ठले जानकारी दिए ।
Facebook Comments Box