बझाङ । बझाङमा खोलाले बगाउँदा एक बालिकाको ज्यान गएको छ ।
बाउली खोलाले बगाउँदा सुर्मा गाँउपालिका वडा नम्बर १ की १३ वर्षीया कविता बोहराको ज्यान गएको हो ।
यार्सा सङ्कलन गरेर घर फर्कने क्रममा बोहोरा चिप्लिएर खोलामा खसेकी प्रहरीले जनाएको छ ।
हिजो दिउँसो खोलामा खसेकी बोहराको बिहान धौलीपैरीमा शव भेटिएको हो ।
केही दिन अघि परेको वर्षाका कारण हिमपात भएपछि उनीहरु घर फर्किएका थिए ।
Facebook Comments Box