बुधबारे । झापाको बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईंलाई अपशब्द प्रयोग गर्दै सामाजिक सञ्जालमा गाली गलौज गर्नेविरुद्ध प्रहरीले कारबाही थालेको छ।
‘इलामेलि रजीन अर्याल’को नामबाट खोलिएको फेसबुक एकाउन्टबाट उनलाई ‘कोरोनाले लैजाओस्… साला चोर…’ जस्ता शब्द प्रयोग गर्दै अपशब्द भाषा प्रयोग गर्ने बुद्धशान्ति गाउँपालिका १ का याम अर्याललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
आफूमाथि ‘तुच्छ’ शब्दका गाली गरिएकाले प्रहरीमा उजुरी दिएको अधिकृत चापागाईंले बताए।
Facebook Comments Box