बिर्तामोड । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गा.पा. वडा नं. ३ सानो केर्खामा गएराति स्करपियो जिपको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ।
पश्चिमवाट पुर्व तर्फ जादै गरेको प्र ३–०१–००२४ च ४५३५ नम्बरको स्कारपियोको ठक्करबाट शिवसताक्षी १ धरमपुरका ६२ बर्षिय साने दर्जीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
राति करीब पौने ९ बजे बाटो काट्दै गरेका पैदल यात्री दर्जीलाई स्करपियोले ठक्कर दिएको थियो।
जिप चालक मकवानपुर हेटौडा उमनपा. वडा नं. २२ का २८ बर्षिय बिष्णु दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Facebook Comments Box