झापा । नेपाल रेडक्रस सोसाईटी झापाले कोभिडका बिरामीलाई जिल्लाभित्रका अस्पतालसम्म लैजान निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको छ ।
झापा रेडक्रसका उपशाखामा भएका ९ वटा एम्बुलेन्स मार्फत कोरोनाका संक्रमितहरुलाई जिल्लाका जुनसुकै अस्पतालमा पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको रेडक्रस झापाले जनाएको छ ।
जिल्ला शाखाको एम्बुलेन्स सहित बुद्धशान्ति, कनकाइ, दमक, जलथल, लखनपुर, सुरुङ्गा, शरणामति र गौरादहका उपशाखामा रहेका एम्बुलेन्सहरुले सेवा दिने रेडक्रस झापाका सभापति लोकराज ढकालले जानकारी दिए ।
सेवा लिनेले रेडक्रसका सम्पर्क व्यक्ति तथा एम्बुलेन्सका चालकलाई सम्पर्क गर्न सकिने छ ।

Facebook Comments Box