काठमाण्डौ । अरब सागरमा उत्पन्न भएको ताउ–ते चक्रवातका कारण भारतमा कम्तीमा ३३ जनाको ज्यान गएको छ ।
गुजरात, केरला, गोवा, महाराष्ट्र, मुम्बइ लगायतका राज्यहरुमा प्रभाव पारेको चक्रवातले कम्तीमा ३३ जनाको ज्यान जानुको साथै ९० जना भन्दा धेरै हराइरहेको जनाइएको छ ।
मुम्बईको समुद्री किनार नजिक पी ३०५ जहाज डुब्दा उनीहरु हराएका हुन् ।
बेपत्ता भएकाहरुको खोजी भइरहेको भारतीय जलसेनाले जनाएको छ । चक्रवातको असरले गुजरातमा धेरै क्षति पुर्याएको छ ।
भारतीय मौसम विभागले आजदेखि चक्रवात कमजोर हुँदै जाने बताएको छ । गुजरातमा अझै केही समय ठूलो पानी भने पर्ने बताइएको छ ।
गुजरातमा सन् १९८८ पनि यो यस पटक ठूलो आँधी आएको हो । गुजरातका तटीय क्षेत्रहरुमा विद्युत सेवा र सडकहरु बन्द भएका छन् ।
Facebook Comments Box